भारतले नेपाललाई अब छिटै १ सय ४५ मेगावट विजुली उपलब्ध गराउने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भारतले नेपाललाई अब छिटै १ सय ४५ मेगावट विजुली उपलब्ध गराउने



काठमाडौँ, १७ चैत ।

भारतले नेपाललाई अब छिटै १ सय ४५ मेगावट विजुली उपलब्ध गराउने भएको छ।

हालै निर्माण सम्पन्न भएको कटिया-कुशाह र रक्सौल-परवानीपुर प्रसारण लाइनबाट उक्त बिजुली उपलब्ध गराउने तयारी भएको भारतको उर्जा मन्त्रालयले जनाएको छ।

केही दिन अघि भारतस्थित नेपाली दुतावासले सो दुई प्रसारण लाइनबाट सकेसम्म छिटो बिजुली दिन आग्रह गरेको थियो। उक्त दुई प्रसारण लाइनको निर्माण अघिल्लो महिना नै सकिएपनि भारतले ढिलाई गरिरहेका कारण नेपालले छिटो विजुली दिनका लागि आग्रह गरेको थियो।

प्रशासनिक तहमा ढिलासुस्ती भएपछि नेपाली दूतावासले भारतीय उर्जामन्त्री पियुष गोयलको ध्यानाकर्षण गराएको थियो।

भारतको उर्जा मन्त्रालयले बुधबर भारत अब बिजुली आयात गर्ने मुलुकबाट बिजुली निर्यात गर्ने मुलुक भएको सन्दर्भमा प्रकाशित गरेको विज्ञप्तिमा नेपालतर्फको विजुली निर्यात छिटै १ सय ४५ मेगावटले बढ्ने उल्लेख गरेको हो।

सोही विज्ञप्तिमा उल्लेख गरिए अनुसार भारतले छिमेकी मुलुकसंगको क्रसबोर्डर प्रसारण लाइन निर्माणलाई तिव्रता दिएको र निर्यात अझ बढ्ने बताइएको छ। बुधबरबाट भारतले आफूले आयात गर्ने भन्दा बढी बिजुली अन्य मुलुकमा निर्यात गर्न थालेको बताएको छ।

हाल काठमाडौं लोडसेडिङ मुक्त भएको र भारतले तत्काल बिजुली दिएमा अन्य प्रमुख शहरमा समेत लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणको भनाई रहेको छ।

दुई प्रसारण लाइनबाट बिजुली लैजानको लागि वार्ता गर्नका लागि प्राधिकरणको एक टोली छिटै भारतको भ्रमणमा आउने भएको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।