भारतमा हुनुन्छ अब सजिलै नेपाल पैसा पठाउनुहोस् - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भारतमा हुनुन्छ अब सजिलै नेपाल पैसा पठाउनुहोस्



काठमाडौं /हिमाल पोस्ट २७

आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो–नेपाल रेमिटेन्स सेवा प्रारम्भ गरेको छ ।

सम्झौता अनुसार भारतमा रहेका हरेक नेपाली नागरिकले वाइजम्यानका २ सय शाखा सहित १४ हजारभन्दा बढी एजेन्ट पार्टनरमार्फत् नेपालमा पैसा पठाउन सक्ने जनाइएको छ । यसरी पठाईएको रकम नेपालस्थित आईएमईका ६ हजारभन्दा बढी एजेन्ट आउटलेटबाट भुक्तानी लिन सकिनेछ । यी दुईवीचको रेमिटेन्स सेवाका लागि नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंकले सहजीकरण गर्ने जनाइएको छ ।

सेवा शुभारम्भको अवसरमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आईएमई र वाइजम्यानको  सहकार्यपछि भारतमा रहँदै आएका नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको बताए । नेपालको पहिलो र सबैभन्दा ठुलो रेमिटेन्स कम्पनी आईएमई र विदेशी विनिमय बजारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको वाइजम्यानवीचको सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहजता थपेको बताउँदै अध्यक्ष ढकालले भने, ‘इण्डो–नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने छ ।’

भारतमा आयोजित सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै वाइजम्यानका ब्यापार प्रवद्र्धन प्रमुख सन्दिप शर्माले ‘वाइजम्यानले विश्वमा छरिएर रहेका २ करोड ५०  लाख नागरिकहरुले पठाएको रकम भारतमा  रहेका तिनका आफन्तलाई सहज तरिकाले वितरण गर्दै आईरहेको र नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आईएमईसंगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गरे ।

अब उक्त सम्झौता पश्चात आईएमई र ग्लोबल आईएमई   बैंकको सहकार्यमा पाच ओटा   पाटनर्स भएको जनाकारी दिल्ली स्थित ग्लोबल आईएमईका  प्रमुख प्रतिनिधि ज्वाला    शर्मा र अधिकृत दिपेन्द्र ढकालले बताए ।