गैरकानुनी धन्दा गर्ने मेयर भरत थापाको अनलाईन पोर्टल बन्द - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गैरकानुनी धन्दा गर्ने मेयर भरत थापाको अनलाईन पोर्टल बन्द



काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका मेयर भारत थापाको लगानीमा संचालित अनलाईन बन्द भएको छ । मेयर थापाको अदृश्य लगानी रहेको उक्त अनलाईन उनका भतिजाले संचालन गर्दै आएका थिए ।

गैरकानुनी रूपमा अरूको चरित्रहत्या गर्नका लागि उनीहरूले प्रयोग गर्ने गरेको रेडियोबागमती डट कम डट एनपी नामको अवैध अनलाईनलाई नेपालभित्र नखुल्नेगरी कारबाही गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार उक्त अनलाइनले कानून विपरितका काम गरेकाले बन्द गरिएको जनाएको छ ।

केहिदिन अगाडी बागमती नगरपालिकामा मेयर भारत थापाले गरेको अनियमितता र अनियमितता लुकाउन गरिरहेका प्रयासबारे हिमालपोस्टले समाचार प्रकाशन गरेपछि हिमालपोस्टका सम्पादकको चरित्रहत्या गर्दै उक्त अनलाईनमा थापा र उनका भाईले समाचार छपाएका थिए ।

चरित्रहत्या गरिएको भन्दै हिमालपोस्टका सम्पादकले तथ्य र प्रमाणका आधारमा अनलाईनलाई कारबाही गर्न माग गर्दै उजुरी दिएका थिए । उक्त अनलाईन बन्द भएपछि बागमती नगरपालिकामा खैलाबैला मच्चिएको छ ।

बन्द भएको अनलाईन पोर्टल खोल्दा अहिले यस्तो देखिन्छ

सत्य सूचना र समाचारका लागि चलाईने अनलाईन पोर्टलले कसैको चरित्रहत्या गर्नु गैरकानूनी मानिन्छ । त्यसमाथि उनीहरूले राज्यका कुनैपनि निकायमा दर्ता नगरी समाचार पोर्टल चलाएर अवैध धन्दा गरेको भेटिएको छ । त्यतिमात्र होइन उनीहरूले उक्त अनलाईनमार्फत विभिन्न व्यक्तिलाई समाचार छापिदिन्छु भन्दै धम्क्याएको समेत खुलेको छ ।

उक्त साइट खोल्दा लेखिएको छ, ‘आदरणीय ग्राहक महानुभावहरू, तपाईंले Browse/Access गर्न खोज्नु भएको वेबसाईट (website) मा मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले बन्देज लगाएको सामाग्रीहरु रहेकोले, साथै नियमानुसार नेपालमा दर्ता एवं सूचीकरण नभएकोले नेपाल सरकारको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार त्यस्तो सामाग्रीहरु पहुँचमा रोक लगाइएको छ ।’

उनीहरूले नगरपालिकामा जनताले तिरेको करमाथि अनियमितता गरेको समाचार हामीले ब्रेक गरेपछि ज्यान मार्ने समेतको धम्की दिएको अडियो सार्वजनिक भैसकेको छ । त्यसमाथि गैरकानुनी रूपमा अवैध अनलाईन चलाएर विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने गरेको यो कर्तुत पनि लामो समय चल्न सकेन ।

यधपी केही इन्टरनेट प्रदायक कम्पनीहरूले दूरसंचार प्राधिकरणले पत्राचार गर्दा समेत उक्त अनलाईन पोर्टल बन्द गरेका छैनन् । सरकारी निकायको पत्राचारपछि पनि बन्द नगर्ने सेवा प्रदायकहरूलाई समेत कारबाही हुने प्राधिकरणका अधिकारीहरूले जनाएका छन् ।

यससँग सम्बन्धित थप समाचार, यी पनि पढ्नुहोस्:-

-अनियमितता लुकाउन ‘ब्याक डेट’मा निर्णय गराउँदै भरत थापा

मेयर भरत थापा: समिति र अख्तियार मिलाउन संयन्त्र परिचालन, पैसा खन्याएर मिडियाबाजी

मेयर भरत थापाको दादागिरी: अनियमितताको समाचार लेख्दा गुण्डा लगाएर ज्यान लिने धम्की

माओवादीबाट निर्वाचित मेयरको गुण्डागर्दी: प्रश्न सोध्नेलाई तह लगाउने धम्की

नारायणकाजीको आडमा मेयर दाजुभाईको गुण्डाराज- ‘साउथ इन्डियन फिल्म’को झल्को

भरत तालमा करोडौँ अनियमितता भएको पुष्टि, न टेण्डरको सूचना छ न प्रक्रिया

जनता कुट्दै मेयरका दाजुभाई : रमिता हेर्दै स्थानीय प्रशासन