विकास देखेरै कांग्रेसलाई भोट ः भरत शाह - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विकास देखेरै कांग्रेसलाई भोट ः भरत शाह



रुपन्देही: नेपाली कांग्रेसका तर्फवाट रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाहले गरेको विकासवाट प्रभावित भएर त्यस क्षेत्रका स्थानीय जनताले मंसिर २१ मा हुने निर्वाचनमा रुख चिन्हमा मतदान गर्ने उद्घोष गरेका छन ।

स्थानीय जनताले वि.सं. २०७० सालमा संविधान सभाको निर्वाचनवाट शाहलाई निर्वाचित गराएर पठाएपछि चार वर्षको अन्तरालमा रुपन्देही क्षेत्र नं. ५ मा विकासको मूल फुटेको र त्यसको श्रेय भरत शाहलाई नै जाने आम नागरिकको विश्वास छ ।

आफ्नो क्षेत्रमा गरेको विकासकै कारण अहिले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार वन्नुभएका भरत शाहले अहिले गरिरहनु भएको घरदैलोमा आफ्नो मूल एजेण्डा नै विकासलाई वनाउनु भएको छ । उहाँले विकास हेर्ने हो भने रुपन्देही क्षेत्र नं. ५ मा आउन विपक्षी दलका नेता तथा आफ्ना प्रतिद्वन्दीहरुलाई चुनौती नै दिनुभएको छ ।

स्थानीय जनताले समेत आफूहरुलाई विकास चाहिएको र कांग्रेसका नेता भरत शाहले विकास गरेकै कारण यो वर्षको चुनावमा कुनै दललाई नहेरी कांग्रेसको रुख चिन्हमा मतदान गर्ने वताएका छन ।

रुपन्देहीको पिछडिएको क्षेत्रका रुपमा रहेको सूर्यपुरा, हसनापुर, गजेडी, धुसुवा लगायत क्षेत्रका स्थानीय जनताले नेता शाहकै कारण आफूहरुको क्षेत्रमा सडक कालोपत्रे भएको, ग्रामिण सडक स्तरोन्नती भएको, गाउँमा सिंचाई, स्वास्थ्य चौकी निर्माण हुने क्रममा रहेको र विद्यालयको संख्या समेत बृद्धि भएको वताउँदै शाह विकासप्रेमी भएकोले यो वर्षको आफूहरुको मत नेपाली कांग्रेसलाई जाने प्रतिवद्धता व्यक्त गरेका छन ।

उता रुपन्देही क्षेत्र नं. ५ का चुनावी कार्यक्रममा समेत उम्मेदवार शाहले आफूले गरेको विकास देखेर नै जनताले आफूलाई मतदान गर्ने र क्षेत्र नं. ५ का सवै कांग्रेसका उम्मेदवारले कांग्रेसलाई विजयी वनाउने दृढता व्यक्त गर्नुभएको छ ।
शाहकै नेतृत्वमा कलौनीदेखि लुम्विनी जोडने सडक अहिले कालोपत्रे भएको छ भने फायरलाईनदेखि रुद्रपुर हुँदै लुम्विनीसम्म तथा नेपाल भारत सिमा क्षेत्रसम्म सडक कालोपत्रे गर्ने काम भएको छ ।
उता पञ्चायत कालदेखि नै कञ्चन बाँधको चर्चा भएपनि अहिलेसम्म वन्न नसकेकोमा शाहकै सांसद कार्यकालमा अहिले करोडौं बजेट परेको छ र निर्माण कार्य भैरहेको छ । कलौनीदेखि बयरकट्टी हुँदै दक्षिण जोड्ने सडक शाहकै संसदीय कार्यकालमा निर्माण सम्पन्न भएको छ । यसैगरी नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र न.. ५ ले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको छ ।

बुधवार नेपाली कांग्रेस क्षेत्र नं. ५ कञ्चन गाउँपालिका ३ रुद्रपुरमा नेपाली कांग्रेस चुनाव प्रसार समितिको कार्यालय उदघाटन गर्दै विकासप्रेमी क्षेत्र नं. ५ प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाहले नेपाली कांग्रेस नै विकासवादी पार्टी भएकोले कांग्रेसलाई विजयी वनाउन आग्रह गर्नुभयो ।

उहाँले नेपाली कांग्रेसको नेतृत्वमा नै विकास हुने र आफूले जिते रुद्रपुर हरैया क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनु भयो ।
रुपन्देही क्षेत्र नं. ५ क का कांग्रेसका प्रदेश सभाका उम्मेदवार विष्णु पोखरेलले कांग्रेसकै नेतृत्वमा शान्ति र संविधान आएकोले अव विकास पनि कांग्रेसकै नेतृत्वमा हुने भएकोले मतदातालाई रुख चिन्हमा मत दिएर कांग्रेसलाई बहुमत दिलाउन आग्रह गर्नुभयो ।

उहाँले अहिलेको निर्वाचन लोकतन्त्र राख्ने कि मुलुकमा कम्युनिष्ट साम्यवादी शासन व्यवस्था लागू गर्ने भन्ने वीचको लडाई भएकोले मतदाताहरुले लोकतन्त्रवादीहरुलाई जिताउने बेला आएको वताउनु भयो । यसैगरी नेपाली कांग्रेस क्षेत्र नं. ५ रुपन्देहीले चुनावी प्रचार प्रसारलाई तिव्रता दिदै कांग्रेसले गैडहवा गाउँपालिकामा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन सम्पन्न गरिसकेको छ भने अन्य क्षेत्रमा समेत प्रचार प्रसार कार्यालय उदघाटन भएको छ ।
निर्वाचन प्रचार प्रसार कार्यालय उदघाटन गर्दै नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेद्वार भरत कुमार शाहले नेपाली कांग्रेसको जितलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ ।
यस क्षेत्रमा आफुले गरेका विकास निर्माणका काम देखेर नै आफुलाई मतदाताले भोट दिने उहाँले ठोकुवा गर्नुभयो ।पूर्व सांसद तथा अर्थ राज्यमन्त्री समेत रहनु भएका शाहले विकास निर्माणको काम सम्पन्न भएका स्थानमा थप विकासका काम हुने र अधुरा कामहरु पूरा गर्नुपर्ने भएकाले आफुले उम्मेद्वारी दिएको बताउनु भयो ।
सूर्यपुरामा भएको एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेस क्षेत्र नम्बर ५ (ख) का प्रदेश सभाका उम्मेद्वार फकरुद्दिन खाँले यस क्षेत्रलाई समग्र लुम्बिनीसँग जोडर गुरुयोजना बनाउने आफूसँग भिजन भएकाले आफुले उम्म्दवारी दिएको बताउनु भएको छ ।साविक साँडी गाविसका बुथ सभापति राजकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का सभापति ओसीउल्लाह मुसलमानले मधेशको समस्या नेपाली काँग्रेसले सामाधान गर्न सक्ने भएकाले रुख चिन्हमा भोट दिन आग्रह गर्नु भएको छ ।
उक्त कार्यक्रममा नेकपा एमाले र नेकपा माओबादी केन्द परित्याग गरि २० जना नेपाली कांग्रेसमा प्रवेश गरेको पार्टीले जनाएको छ ।