जनताको माग लालपुर्जा , ४ वर्ष भित्र दिन्छौं : उम्मेदवार शाह - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

जनताको माग लालपुर्जा , ४ वर्ष भित्र दिन्छौं : उम्मेदवार शाह



सैनामैना , ६ मंसिर । बुधबार कञ्चन गाउँपालिका रुद्धपुर बस्ने ५२ वर्षिया बुद्धिकला थापा नेपाली कांग्रेसका नेता भरत कुमार शाह गाउँमा आउने भएपछि उनि कार्यक्रममा पुगिन् ।
प्रतिनिधिसभा तर्फ रुपन्देही क्षेत्र नंं ५ का उम्मेदवार रहेका शाहलाई थापाले भेटेर सुकुम्बासी समस्या साधान गर्न आग्रह गर्दै भनिन– “२०७० सालको चुनावमा जिताएर फठायौं हाम्रो गाउँमा विकास निर्माणको काम त भएको छ । तर लालपुर्जा नँहुदा साह्रै गाह्रो भएको गुनाशो गरिन । त्यस्तै सोही ठाउँ बस्ने २९ वर्षिय मञ्जु बाग्ललेको पनि त्यहि नै गुनाशो रेहेको छ । गाउँमा विकास निर्माणको काम भएको छ । पुल बन्दै छ, बाटोको स्तरउन्नती हुँदै गएको छ तर आफुले भोग चलन गरेको जग्गाको लालपुर्जा नहुँदा समस्या हुने गुनाशो गरिन् ।

पुर्व राज्य मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता शाहले जनताको गुनाशो सुन्दै अनि टिप्दै गए । त्यस्तै ६१ वर्षिय सतिकला थापाले पनि भरत शाहालाई भटिन् शोही गुनाशो नै पोखिन् । उनले भनिन्– भैरवघाटमा तपाईले जिते पछि पुल बन्दै गएको छ , विकास निर्माणका काम त भयो तर लालपुर्जा भए जग्गा धितोमा रोखेर भएपनि छोरा छोरी पढाउन पाउने थिए । स्थानीयको गुनाशो सुनेपछि शाहले आफ्नो अहिलेको उम्मेदवारी सुकुम्बासी समस्या सामाधान गर्ने रहेको बताउदै जितेको ४ वर्ष भित्रमा नापि गरेर लालपुर्जा दिलाईदिने घोषणा समेत गरे ।

उनले भने – यो भन्दा अगिको चुनावमा जितरे कांग्रेसकै नेत्तृवमा सबिधान बनायौं, यस क्षेत्रको विकास पनि गरे अबको मेरो उम्मेदवारी भनेको सुकुम्बासी समस्याको सामाधान गर्ने हो । नेपाली काँग्रेसको नेत्तृवमा सबिधान आयो अब कार्यान्वयन सँगै विकास निर्माणको काममा मेरो ध्यान हुन्छ उनले भने । नेपाली कांग्रेसका उम्मेदवार शाहले यस क्षेत्र कृषिमा सम्भावना भएको बताउँदै आफ्नो पहलमा बन्दै गरेको कञ्चन बाध पुरा भएपछि प्रसस्तमात्रमा खेती भएपछि किसानको जिवन स्तर पनि सुधार हुने दाबी गरे ।

त्यस्तै नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं . ५ क का उम्मेदवर विष्णु प्रसाद पोख्रेलले पनि आफ्नो उम्मेदवारी सुकुम्बासी समस्याको समाधानको लागि भएको बताएका छन । नेपाली कांग्रेसले जनतालाई मालिक बनाउने चाँहको बताउदै उम्मेदवार पोख्रेलले लालपुर्जा वितरण गरेर रोजगारी सिर्जना गरिने दाबी गरे ।