नेपाल पत्रकार महासंघ भारत शाखाको प्रथम अधिवेशन सम्पन्न अध्यक्ष्यमा शाहा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेपाल पत्रकार महासंघ भारत शाखाको प्रथम अधिवेशन सम्पन्न अध्यक्ष्यमा शाहा



नयाँ दिल्ली /माघ १७ 

नेपाल पत्रकार महासंघ भारत शाखाको प्रथम अधिवेशन आइतबार सम्पन्न भएको छ। भारतको राजधानी दिल्लीस्थित नेपाल आवाज दैनिक पत्रिकाको सभाहलमा सम्पन्न २ दिने अधिवेशनले सर्वसम्मतिमा ११ जना कर्यसमिती सहित २४ जनाको टिम गठन भएको हो ।

लोकेश शाहको अध्यक्षतामा गठन भएको सदस्यीय कार्यकारी समिति चयनबाट अधिवेशनले समितिको अध्यक्षमा लोकेश शाह, उपाध्यक्ष देवबहादुर कुँवर, महासचिव गोबिन्द पोखरेल, सचिव ऋषिराम अधिकारी, सह-सचिव अर्जुन खनाल र कोषाध्यक्षमा धन बहादुर बिकलाई चयन गरेको छ।

त्यसै सदस्यमा इन्द्रकमल जैरु, देवेन्द्र केसी क्षेत्री, भेषराज पौडेल, खुमबहादुर गुरुङ र पुजा शाह चयन भएका छन् ।

यद्यपि २४ सदस्यीय समितिमा अन्य सदस्यहरु  छोटु लाल बिक, हिम बहादुर बिक, धन बहादुर पुन, भूमिलाल पौडेल, देविका पाण्डे, दिनामानी पाण्डे विश्वास शाहा ,बिष्णु पन्त पाण्डे, महेस रैखोला, आकांक्षा शाहा ,बाबु रोका मगर,  एन्जिला  निरौला,लाल बहादुर सुनार  र  केशब राज पोख्र्रेल रहेका छन्  ।

कार्यक्रममा भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायको विशेष आतिथ्यमा सम्पन्न समारोहमा शाखालाई आधिकारिकता प्रदान गर्न नेपाल पत्रकार महासंघका सचिव धमेन्द्र कर्ण, उपत्यका प्रमुख एवं केन्द्रीय सदस्य इश्वरी वाग्ले र मध्यपश्चिमाञ्चल प्रमुख एवं केन्द्रिय सदस्य झलक गेरैको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत उपाध्यायले दुई देश बिचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन पत्रकारको भुमिका महत्त्वपुर्ण हुने बताए ।त्यस्तै महासंघ भारत शाखाका अध्यक्ष लोकेश शाहले भारतभरि छरिएर रहेका पत्रकारहरुलाई महासंघमा आवद्ध हुन आह्वान गर्दै श्रमजिवी पत्रकारहरुको कलम देशको स्वाधिनताको रक्षा गर्नका लागि चल्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा दिल्लीमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिमुलक संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।उक्त  कार्यक्रममा देशभक्त  आवाजले स्वयम् सेवाको भूमिका निर्वाहा गरेको थियो  ।