भारतको उडीसामा रेल दुर्घटनामा,२३ जनाको मृत्यु - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

भारतको उडीसामा रेल दुर्घटनामा,२३ जनाको मृत्यु



एजेन्सि, माघ ९ । 

भारतको उडीसामा बिहान भएको रेल दुर्घटनामा परी २३ जनाको मृत्यु भएको छ । अन्य १०० जना भन्दा घाईते भएका छन् ।

उडीसाको रायगढमा हीराखंड एक्सप्रेसको आठ वटा डब्बा लिक बाहिर जाँदा रेलमा रहेका मध्ये २३ जनाको मृत्यु भएको हो ।

घाईतेहरुलाई बिभिन्न अस्पतालहरुमा भर्ना गरिएको छ । दुर्घटनाका कारण अरु रेल सेवा अवरुद्ध बनेको छ ।

घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यामले जनाएका छन् ।