भरतपुर काण्ड :साउन २० गते हुने भो पुनः निर्वाचन,आजैदेखि प्रचार-प्रसार गर्न नपाइने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भरतपुर काण्ड :साउन २० गते हुने भो पुनः निर्वाचन,आजैदेखि प्रचार-प्रसार गर्न नपाइने



भरतपुर, १७ साउन ।

मतपत्र च्यातिएपछि विवादमा परेको चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा यही साउन २० गते पुनः निर्वाचन गर्ने निर्णय भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकले निर्वाचन मिति तय गरेको हो । १९ नम्बर वडाको नतिजाका आधारमा एमालेका देवी ज्ञवाली र कांग्रेस–माओवादी गठबन्धनबाट माओवादी उम्मेदवार रेणु दाहालमध्ये एक जना भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित हुनेछन् ।

आजैदेखि शून्य समय सुरु

यस्तै, आजैबाट मितिबाट लागु हुनेगरी शून्य समय सुरु भएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए । शून्य समयमा चुनाव प्रचार प्रसार गर्न पाइँदैन ।

पहिलो चरणको स्थानीय चुनावमा वडानम्बर १९ को मतगणना हुँदैगर्दा मतपत्र च्यातिएपछि पुनःमतदान गर्न लागिएको हो । पुनः चुनाव गराउने यसअघिको निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । तर, सर्वोच्चले आइतबार सदर आयोगको निर्णयलाई सदर गरेपछि निर्वाचन अधिकृतको कार्यालयले पुनः निर्वाचन गराउन लागेको हो ।