भारतीय राष्ट्रपतिको नेपाल भ्रमणः तीनवटा बुलेट प्रुफ गाडी भारतबाटै आउने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भारतीय राष्ट्रपतिको नेपाल भ्रमणः तीनवटा बुलेट प्रुफ गाडी भारतबाटै आउने



काठमाडौं, १४ कात्तिक । भारतीय राष्ट्रपति प्रणम मुखर्जीले प्रयोग गर्ने बुलेट प्रुफ गाडी भारतबाटै आउने भएका छन् । स्रोतका अनुसार तीनवटा बकुलेट प्रुफ गाडी हवाइजहाजमार्फत ल्याइनेछन् ।

काठमाडौंसँगै जनकपुर र पोखरा भ्रमणमा जाँदा मुखर्जीका गाडी नै प्रयोग हुनेछन् ।  उनको टोलीमा करिब ७० जना हुने औपचारिक जानकारी आएको परराष्ट्र मन्त्रालयले जनाएको आजको नयाँ पत्रिकामा समाचार छ ।

तर शनिबार बेलुकासम्म भारतीय पक्षले नाम उपलव्ध गराएको छैन ।  मुखर्जीको बुधबार देखिको नेपाल भ्रमणमा सरकारले तीन घेराको सुरक्षा योजना बनाएको छ ।

मुखर्जीको सुरिक्षामा नेपाली सेनाको कमाण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिनेछन् ।