अवैध कपडा र गाडीसहित एक भारतीय नागरिक पक्राउ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अवैध कपडा र गाडीसहित एक भारतीय नागरिक पक्राउ



कैलाली । कैलालीमा भन्सार छलीका कपडा र भारतीय नम्बर प्लेटको गाडीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

कैलालीको लम्किचुहा नगरपालिका–१ स्थित टीकापुर–लम्की सडक खण्डबाट बिहीबार अवैध रूपमा भन्सार छली गरेर ल्याएको ६ लाख ११ हजार ६ सय ६० मुल्य बराबरको कपडा र ५ लाख बराबरको यूपी ३१ टी ३१०२ नम्बर भएको भारतीय नम्बर प्लेटको बोलेरो जिप बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ । भारतको खिरी तिकुनीयाका ३५ वर्षीय जाबेर खान उक्त अवैध सामान ल्याउँदै गर्दा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयमा उक्त सामान अवैध रूपमा आउँदै छ भन्ने सूचना प्राप्त भएपछि प्रहरीले टोली परिचालन गरि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।