भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव



वीरगञ्ज । सीमावर्ती भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव आइतबार फेला परेको छ ।

रक्सौल–सुगौली रेल्वे खण्डको कनना रेल्वे ढाला नजिकै फेला परेको शवमध्ये एक जनाको साथमा रहेको परिचयपत्रअनुसार उनी वीरगञ्ज पब्लिक सेकेन्डरी स्कुल कक्षा ११ मा अध्ययनरत पर्सा कालिकामाई–२ भेडिहारीकी निभा कुमारी हुन् । अर्की छात्राको पकेटमा किरण लेखिएको पर्चा फेला परेको छ ।

घटनास्थल नजिकका स्थानीयका अनुसार बिहान दुवै छात्रा एकअर्काको हात समाएर कौडिहार गाउँतर्फबाट रेल्वे ढालातर्फ आइरहेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।