भारतीय सहयोग : ६ वर्ष बित्यो, ७ कोठे भवनको बिजोग - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारतीय सहयोग : ६ वर्ष बित्यो, ७ कोठे भवनको बिजोग



काठमाडौं-

भारतीय दूतावासको सहयोगमा धनुषाको नगराइन, लगमास्थित राष्ट्रिय प्राथमिक विद्यालयको ७ कोठे भवन निर्माण सुरु भएको ६ वर्ष पुग्यो । यो १५ महिनामा बनिसक्नु पर्ने थियो । भवनको जगमात्र हालिएको छ ।

ठेकेदार र दूतावासमा पटकपटक जानकारी गराउँदा पनि काम नभएको प्रधानाध्यापक सियालाल मण्डल बताउँछन् ।

भवन नहुँदा ३ सय २५ विद्यार्थीको पढाइमा असहज भएको छ ।

दूतावासको सहयोगमा २०६८ भदौ २ मा निर्माण सुरु भएको नगराइन जटही, नगराई राघोपुर, घोडघास गाँगुली, घोडघास दक्षिणवारी टोल, फूलगामा खर्गा, लग्मा पश्चिमवारी टोलका ६ विद्यालय भवन निर्माण अलपत्र परेका हुन् । –कान्तिपुर दैनिकबाट