भारतीय योद्धा छत्रपति शिवाजी र हिन्दु धर्ममा योगदान « Himal Post | Online News Revolution
Logo

भारतीय योद्धा छत्रपति शिवाजी र हिन्दु धर्ममा योगदान



अर्जुन खनाल 

छत्रपति शिवाजी भारतका महान् योद्धा हुन्। उनलाई शिवाजी राज भोषलेका नामले पनि चिनिन्छ १९ फरवरी १६३० मा भारतको सिवनेरी दुर्गा पुना (पुणा)उत्तर तर्फ जुन्नर नगरको नजिक पिता शाहाजी भोषले र माता जिजाबाईको कोखबाट जन्म लिएका शिवाजी महाराजको बचपन उनकी माता जिजाबईको मार्ग दर्शनमा बितेको थियो । माता जिजाबई अत्याधिक धार्मिक थिइन । सोही धार्मिक माहोलले गर्दा शिवाजीमा गहिरो धार्मिक असर परेको थियो  । उनले महाभारत र रामायणको गहिरो अध्यान समेत गरेका थिए ।

उनी मराठा साम्राज्यका सस्थापक पनि हुन् शिवाजी महाराज एक बहादुर बुद्दिमान अनि निर्डर शाशक थिए । धार्मिक अभ्यास अलि बाडीगर्ने हुनाले रामायण र महाभारतको बढीनै अभ्यास गर्थे उनले प्राचीन हिन्दु राजनीतिक प्रथा र दरबारको शिष्टचारको पुनःजन्म गरेका थिए ।उनले फारसिको ठाउँमा मराठी सस्कृतिको राजकीय भाषा समेत गरेका थिए। उनी हरेक कलामा पोक्त भएकै कारण उनले बाल्यकालमा राजनीतिक र युद्धको शिक्षा समेत लिएका थि । उनी भोशले उपाजाती यानिकी क्षेत्रीय राजपुत वंशका  थिए ।उनको विवाह सन् १९ मई १६४० मा सईबाई निम्बलकरको साय लाल महल पुनामै भएको थियो ।

शिवजीको धार्मिक नीति

शिवजी हिन्दु धर्ममा समर्पित एवंम् धार्मिक सहिष्णुता भएका व्यक्ति थिए ।उनको साम्राज्यमा मुसलमानलाई धार्मिक स्वतन्त्रता थियो । कैयौ मस्जिदलाई उनले अनुदान पनि दिएका थिए । उनाका अधिकांश सैनिकहरु मुसलमान नै थिए ।उनी एक कट्टर हिन्दु भएकाले हिन्दु धर्मलाई प्राथाकमिकतामा पर्थे  ।उनले आफ्ना कुनै पनि कार्यहरूको सुभाराम्भ गर्नु पर्ने भएमा दसहरा कै अवसर पारेर गर्थे ।

आदर्श पुत्र

शिवाजीले आफन् पिताबाट स्वराज शिक्षा हासिल गरेका थिए । जब उनका पितालाई बिजापुरको सुल्तानले बन्दी बनायो उनले एक आदर्श पुत्रले गर्ने कर्तव्य जसरि बिजापुरको सुल्तान सँग सन्धि गरेर छुटाएका थिए । जसबाट उनीमा एक उद्दर भावना पलाएको पनि देख्न सकिन्छ ।त्यस पश्चात् उनले आफ्ना पिताको हत्या गर्न दिएनन जसरि अन्य सम्राटले हत्या गर्ने गर्थे । शाहजीको मिर्त्यु पश्चात् मात्रै उनले आफ्नो राज्य अभिषेक गरेका थिए यद्यपि त्यो समय सम्म उनी आफ्ना पिताबाट स्वतन्त्र भएर एउटा ठुलो साम्राज्यको मालीक भएका थिए । उनको नेतृत्वलाई सबैले स्वीकार गर्थे यही कारणले नै उनको शाशनकालमा कुनै पनि आन्तरिक विद्रोहका घटना भने घटेका थिएनन ।

कुशल कूटनीतिज्ञ

उनी एक कुशल कूटनीतिज्ञ साथै राम्रा शेनानायक पनि थिए । कैयौ ठाउँमा उनले सिधै युद्ध लड्नुको सट्टा युद्धबाट भाग्ने गर्थे खासमा उनको यही नै कूटनीति थियो।  जसले ठुला भन्दा ठुला शत्रुलाई मात दिन सघाउथ्यो ।

प्रभुत्वको बिस्तार

१६४५मा किशोर किशोरी अवस्थामा शिवाजिले पहिलो पटक हिन्दी स्वराजको अवधारण आफ्ना हजुरबुवा नारासह प्रभुको समक्ष्य प्रकट गरेका थिए। त्यो बेला बिजौर आपसी सङ्घर्ष तथा मुगलको आक्रमणबाट परिसान थियो । बिजापुरका आदिल शाहाले धेरै ठाउका दुर्गाबाट सेना हटाएर उनले स्थानीय साशाका र सामन्तीको हात सुम्पेका थिए । जब आदील शाहा बिरामी थिए  । त्यो बेला बिजापुरमा आराजकता बढ्दै गएको थियो । शिवजी महाराजले मौकाको फाइदा उठाउदै बिजापुरमा प्रवेश गर्ने निर्णय लिएका थिए । मात्र १५ वर्षाको उमेरमा उनले टोनरन किलाको बिजापुरी शेनापति ईनायत खानलाई रिश्वत दिएर किलाको कब्जा गरेका थिए । पिताको मिर्त्यु पश्चात् शिवजीले पुन छापा मारी १६५६ मराठ प्रमुख देखि जब्बलीको राज्य हासिल गरेका थिए ।

१६५९मा आदील शाहाले आफ्नो अनुभवी र पुरानो सेनापति अफजल खानलाई शिवाजीलाई मार्नको निम्ति पठाएका थिए । यी दुई बिच प्रतापगाढको किलामा १० नोबेम्बर १५५९मा युद्ध भयो यौटा यस्तो नियम बनाईयो जहा दुईले केवल एउटा तरबार एउटा साथी लिएर मात्र आउन पाइने तर शिवजीले अर्को हतियार लुकाएका थिए ।  अफजल खानलाई घायल बनाएपछि लुकाएका सैनिकलाई बिजापुरमा आक्रमण गर्न निर्देशन दिएका थिए २८ डिसेम्बर १६५९ मा यही बहादुरीका साथ् उनले बिजापूरको सेनापति रुस्तमजमनको हमलाको जवाब कोल्हापुरामा दिए ।

शिवाजीको बढेको तागत देखापछी मुघल सम्राट औरंजेबले जया सिंह र दिलीप खानको शिवाजिलाई रोक्नलाई पठाएका थिए ।त्यहा उनीहरूले शिवाजिको सम्झौतामा हस्ताक्षर गर्नको निम्ति भने सम्झौता अनुसार उनले मुघल सासको २४ किल्ला दिनु थियो  । यसै कारण औरंजेवले शिवाजीलाई राज्यमा आमन्त्रित गरे तर १२ मई १६६६ मा औरंजेवले आफ्नो दरबारमा आफ्नै सेनापतिको पछाडि शिवाजिलाई उभ्याएका थिए  । शिवाजीलाई उक्त कार्य ठिक लागेन अनि तेहाबाट हिडे तर उनलाई तेही गिरफ्तार गरियो औरंजेवले आफ्नो हिरासतमा लिए । कैदबाट आजाद भएपछि छात्रपतिले जो किल्ला पुरंदर सम्झौतामा हरेका थिए । उनी पुन हासिल गरे त्यसपछि उनलाई छत्रपतिको शीर्षक दिईयो ।

मृत्यु

३ अप्रेल १६८०मा रायगढ़मा शिवाजीको मृत्यु भएको थियो । आज उनि यो  दुनियामा छैनन् तर पनि उनलाई भारतको इतिहासमा सदैब सबैले सम्झाना गरिरहन्छन  ।उनको योगदान हिन्दु धर्म र भारतको इतिहासको लागि साँच्चै नै अकल्पनीय छ  ।

(नोट:भारतीय मिडियाको लागि लेखिएको लेख हुनाले उक्त लेखमा केहि सब्दहरु हुबहु हिन्दी नै राखिएको छ ।)