भारतको दाबाब कोसी उच्च बाँध बनाऊ, हजारौँको हुने भो बिचल्ली - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भारतको दाबाब कोसी उच्च बाँध बनाऊ, हजारौँको हुने भो बिचल्ली



 

३१ साउन, काठमाडौँ ।

भारत सरकारले यसअघि सर्वेक्षण भएअनुसार नै कोसी उच्च बाँध बनाउन दबाब दिएको भए पनि त्यसलाई अस्वीकार गर्न विज्ञहरुले सल्लाह दिएका छन् । दुई देशका उच्च सरकारी अधिकारी तथा राजनीतिक दलहरूका औपचारिक तथा अनौपचारिक भ्रमण र प्रवुद्ध समूहका बैठकमा भारतीय पक्षले उच्च बाँध निर्माण कार्य थाल्न दबाब दिएको आजको कारोबार दैनिकमा खबर छ ।

नेपाल भारत प्रवुद्ध समूहका सदस्यसमेत रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले यसअघिकै सर्वेक्षणअनुसार कोसी उच्च बाँध बनाउन बारम्बार दबाब आएको खुलासा गरे ।
‘हामी नेपालीको अहितमा रहेको कोसी उच्च बाँध बनाउन भारतले बारम्बार दबाब दिँदै आएको छ,’ उपध्यायले भने – उसको स्वार्थ अनुसार बाँध निर्माणको सर्वेक्षण भएको हो । हामीले यसलाई अस्वीकृत गरेर कोसी ब्यारेकै संरचनालाई पनर्निर्माण गर्नुपर्छ ।’