भारतले लगायो नेपाली च्यानल माथि प्रतिबन्ध - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भारतले लगायो नेपाली च्यानल माथि प्रतिबन्ध



९ भदौ, काठमाडौं ।

 

भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटालाइट च्यानल एबीएन नेटवर्क बन्द भएको एक महिना भइसकेको छ । जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन च्यानलमा छापा मारेर च्यानलको कर्पोरेट अफिस र सिलिगुडीमा रहेको स्टुडियोमा सिल मारिदिएको थियो ।

त्यसको भोलिपल्ट जलपाइगुरीका जिल्ला म्याजिस्ट्रेट रचना भागतले एउटा आदेश जारी गर्दै च्यानलले दार्जीलिङ र लजपाइगुरी जिल्लाका समाचार सम्बन्धी कार्यक्रम अगस्ट ७ सम्म सञ्चालन गर्न नपाउने आदेश जारी गरेकी थिइन् । उक्त आदेश अगस्ट आठबाट अनिश्चितकालका लागि लम्ब्याइएको थियो ।

एबीएन नेटवर्कका सञ्चालकहरुले च्यानलमाथिको प्रहरीको छापा र म्याजिस्ट्रेटको आदेश स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप भएको बताएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।