भारतमा झनै तिब्र कोरोना संक्रमण: नाजुक बन्दै अवस्था - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

भारतमा झनै तिब्र कोरोना संक्रमण: नाजुक बन्दै अवस्था



काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस भारतमा झनै तिब्र गतिमा फैलिएको छ । बुधबार रेकर्ड तोड्ने गरि एकै दिनमा ५२ हजार २ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

यसअघि साउन ११ गते आइतबार भारतमा एकै दिनमा ५० हजार ५ सय २५ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त रेकर्ड तोड्दै पछिल्लो २४ घण्टामा ५२ हजार बढि संक्रमित थपिएका हुन् ।

बुधबार सबैभन्दा बढि आन्द्रप्रदेशमा संक्रमित भेटिएका छन् । जहाँ १० हजार ९३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै मुम्बइमा ९ हजार २ सय ११, तमिलनाडुमा ६ हजार ४ सय २६, कर्णटकमा ५ हजार ५ सय ३, उत्तर प्रदेशमा ३ हजार ३ सय ८३ जना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ७ सय ७९ जनाको मृत्यु भएको छ । मुम्बइमा मात्रै २ सय ९८ जनाको मृत्यु भएको छ । कर्णाटकमा ९०, आन्द्रप्रदेशमा ६५, पश्चिम बंगालमा ४१, दिल्लीमा २६ जनाको मृत्यु भएको छ ।

त्यहाको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कोरोनाबाट १४ लाख ९७ हजार ४ सयभन्दा धेरै संक्रमित भएका छन् भने कोरोनाकै कारण ३४ हजार १ सय ९३ जनाको मृत्यु भएको छ ।