भारतमा ट्रम्पको पुत्ला दहन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भारतमा ट्रम्पको पुत्ला दहन



एजेन्सी / सिरियामा अमेरिकी नेतृत्वमा भएको क्षेप्यास्त्र आक्रमणको विरोधमा भारतीय समाजवादी एकता केन्द्र (कम्युनिष्ट), सोसलिष्ट यूनिटी सेन्टर अफ इन्डिया,ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आइतबार कलकत्तामा प्रदर्शन गरेको छ ।

विरोध कार्यक्रमका सहभागीले अमेरिकी क्षेप्यास्त्र आक्रमणको विरोध गर्दै आक्रमणको विरोध गरौँ भन्ने ‘प्लाकार्ड’सहित शहरका केही भागमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले उक्त विरोध प्रदर्शनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुत्ला समेत जलाएका छन् । उक्त पुत्लामा फ्रान्सका राष्ट्रपति इमानुएल म्यक्रोँ र बेलायती प्रधानमन्त्री टरिजा मेको आकृतिका रेखाचित्र रहेका थिए ।

यही अप्रिल १३ गते अमेरिका, बेलायत र फ्रान्सले सिरियाली प्रशासनले आफ्नै जनतालाई लक्षित गरी रासायनिक हतियारद्वारा आक्रमण गरेको भन्दै यसविरुद्ध सिरियाली विद्रोहीको पक्षमा प्रतिवद्धता जनाउँदै आक्रमण गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले क्षेप्यास्त्र आक्रमणपछि गरेको सम्बोधनमा सिरियाली राष्ट्रपति बसर अल–असदको सेनाले विद्रोहीको प्रभावक्षेत्र गुटामा रासायनिक हमला गरेको यसको बदलामा आफूहरूले पनि सिरिया कारबाही चलाएको बताएका थिए  ।