भरतपुरमा मौन अवधीको उल्लघंन, सुरेन्द्र पाण्डे लगायतका नेता प्रचारमा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भरतपुरमा मौन अवधीको उल्लघंन, सुरेन्द्र पाण्डे लगायतका नेता प्रचारमा



 

चितवन, साउन १९ ।

भरतपुर महानगरपालिका १९ नं वडामा सर्बोच्च अदालतले पुन: निर्वाचन गर्ने निर्णय गरेपछी शुक्रबार निर्वाचन हुँदैछ । उक्त निर्वाचनको लागि निर्वाचन आयोगले मंगलबार देखी नै मौन अबधी तोकेको छ । तर एमाले नेता एवम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य काशिनाथ अधिकारीलगायतका नेताहरूनै मौन अवधीमा चुनावी प्रसारप्रसारलाई तीब्र पारेका छन ।

शुक्रबार हुने पुनःमतदानको मौैन अवधि मंगलबारदेखि शुरु भएपनि नेकपा एमालेले त्यसलाई वेवास्ता गर्दै चुनावी प्रचारप्रसारको गतिविधि तीब्र पारेका हुन ।

भरतपुर १९ मा दलको कार्यकर्ताहरु समुह–समुहमा मतदाताका घर, घरमा पुगेका छन् । टोलका सडकहरुमा चिल्ला गाडीहरू बाक्लै गुडेका देखिन्छ ।

मौन अवधीको उल्लघंन गर्दै एमालेले चितवनको चनौली बजारमा कार्यकर्ता भेला गरेरै मतदाता भेटघाट गरेको छ ।

एमाले वैकल्पिक केन्द्रीय सदस्य कृष्ण खनालको सहभागीमा सम्पन्न भेलामा पार्टीका प्रदेश कमिटी सदस्य विजय सुवेदी, मेयर पदका उमेम्द्ववार देवी ज्ञवाली, जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्कालगायतले बैठकमा सम्बोधन गरेका थिए ।

यस्तै माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताहरु पनि मतदाताको घरदैलो कार्यक्रममा व्यस्त छन् ।