भारतले नेपाल र भुटानमा रहेको भारु साट्न विशेष व्यवस्था गर्ने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भारतले नेपाल र भुटानमा रहेको भारु साट्न विशेष व्यवस्था गर्ने



काठमाण्डौ, १४ पुस । भारतमा पुराना ५०० र १००० का नोट साट्ने समय सीमा सकिन २ दिनमात्र बाँकी रहँदा भारतले नेपाल र भुटानमा रहेका पुराना नोट त्यसपछि साट्न विशेष व्यवस्था गर्ने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ८ मा गरेको घोषणाअनुसार शुक्रबारदेखि पुराना नोट साट्न पाइने छैन ।

तर भारत सरकारले डिसेम्बर ३० देखि रिजर्भ बैंक अफ इन्डियाले तोकेका केही ठाउँमा मार्च ३१ सम्म नोट जम्मा गर्न सकिने जनाएको छ ।

त्यस पछाडि पनि पुराना नोट राखे कारवाही गर्ने कानुन भारतले बुधबार मात्र सार्वजनिक गरेको छ । भारतीय अधिकारीहरूका अनुसार समय सीमा सकिए पनि नेपाल र भुटानको हकमा भने केही विशेष व्यवस्थाको तयारी भइरहेको छ ।

यस अगाडि नेपालले पुराना भारु साट्न गरेको आग्रहमा भारतीय अधिकारीहरूले आफूहरूलाई पहिला आन्तरिक समस्या मिलाउनलाई समय दिन आग्रह गरेका थिए ।

भारतीय अधिकारीहरूले नेपाली पक्षलाई त्यो आफूहरूले समाधान गर्ने विषय भन्दै धेरै चिन्ता नगर्न भन्ने गरेका छन् । खबर आजको कान्तिपुर दैनिक दैनिकमा छ ।