भ्रष्टचार मुक्त होइन ! भष्टचार युक्त देश भयो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भ्रष्टचार मुक्त होइन ! भष्टचार युक्त देश भयो



हरि थापा

कुनै पाटी पदाधिकारीका कुरा सुन्दा पनि जलन भएर आउँछ विभिन्न प्रकृतिका घटना चाहे सुडान घोटला होस,सुनकाण्ड होस वा अन्य ठुलाठुला अपराधमा संलग्न ठुला व्यक्ति मेरो मतलब पावर पैसा र पहुच हुने व्यक्तिलाई कारबाही गर्न सरकार किन डराउँछ?केही वर्ष अगाडी शसस्त्रप्रहरीका अाईजी वन्त देखि शैलेन्द्र श्रेष्ठ सम्म घोटला काण्डमा परे आखिर पाचँ सात देखि दश करोड सम्म धरोैटी मा छुटे

जस्तो खत्तरनाक अपराध गरे पनि पैसा,पावर पहुच लाई सजिलै खल्तिमा हाल्न दिने कस्तो कानुन हो !खैँ कहाँ छ समान कानुन? यदि गरिबका छोरा हुन्थे भने जीवनभर जेलमा षड्थे! जब सम्म धरोैटीमा अपराधी छुटाउने व्यवस्थाको खारेज हुँदैन तब सम्म कानुनको सही पालना १हुदैन २ हुँदैन ३ हुँदैन..

हैन हो लाईभ घुस खाएको भिडियो हेरिरहदा घुस खाएका हरुले प्रत्यक्ष घुस फिर्ता गरिरहदा पनि फेरि के को अनुसन्धान! के को छानविन टोली गठन हुन्छ ह? सरकार यो सुन्दै वैरग लागेर आउने छानविन समिति भन्ने खारेज गर ।
चाहिदैन हामीलाई छानविन आयोग टोली!छानविन टोलीले तलब भत्ता पचाउनु बाहेक केही गरेको देखिएन!

नेपालमा आजसम्म सानातिना घटना त कति भए भए यकिन गर्न सकिँदैन, तर राष्ट्रियता नै मेटिने सखाप बनाउने षडयन्त्र भईरहदा पनि मदन भण्डारी जस्ता राजनेताको अन्त्य हुँदा नारायहिटी विरेन्द्र परिवार सखाप भईसक्दा पनि छानविन समिति भन्ने यो आयोगले सोह्र वर्ष सम्म सत्यतथ्य प्रतिवेदन दिन सकेन ।

आज सम्म जनतालाई अन्योलमा राख्यो अाखाँमा छारो,धुलो हालिदियो यो त एउटा प्रतिनिधि घटनाको उदाहरण मात्र हो यस्ता घटना कयोैँ भएका छन् कुनै पनि घटना हुन्छ चाहे त्यो हत्यामा संलग्न होस वा चोरी,डकैती बलत्कार, घुषपेठ,वा कुनै डलर तस्कर होस मानव तस्कर लागुअोैषध वा अन्य …

विभिन्न घटना प्रमाणित भईसक्दा पनि थप अनुसन्धान छानविन आयोग गठन विभिन्न बाहनामा अपराधी उम्काउने गरेका घटना प्रशस्त छन् आखिर यो किन हुन्छ ? छानविन आयोगले आयोग बनेका सोह्रसत्र वर्षसम्म पनि किन सत्यतथ्य पत्ता लगाउन सक्दैन ।

म त भन्छु यो छानविन आयोग भन्ने शब्द नै खारेज हुनुपर्छ नानाथरी बाहनामा अपराधी उम्काउने काम यो छानविन टोली भन्ने हरुले गरेका छन् घुस वा हत्यामा प्रत्यक्ष संलग्न भएका हरुलाई सिधा कारबाही गर्नुको साटो किन वाहनाबाजी गर्दै मुद्दा उल्टाउने काम हुन्छ यसमा सम्बन्धित निकायको ध्यान जाअोस भन्ने मेरो अनुरोध सुझाव हो।

कुनै पनि अपराधीलाई अाखाँले प्रत्यक्ष देखेर अपराधी भनेर भन्न किन डराउछन नितिनियम बनाउने कर्ता र कार्यन्वयन कर्ताहरु आखिर नितिनियम पालना गर्ने हो भने किन दुईमत अपराधी हो भनेर प्रमाणित भईसक्दा पनि थप अनुसन्धान छानविन आयोग भन्दा भन्दै अपराधीहरुलाई केही सामान्य जरिवाना तिराएको भरमा छुटाउछन र यदि पछि प्रमाणित भएमा सजिलै फरार भनी व्याख्या गर्छन् यस्तो किन भइरहेको छ? यसको जवाफ कसले दिने हो?

नेपाल प्रहरीले पनि यस्ता कुरामा संवेदनशील भएर तिखाँ आँखा बनाएर हेर्नु जरुरी छ साधारण बोल्न नसक्ने गरिब वर्गका तल्लो स्थरका व्यक्तिलाई महिनोै दिन सम्म छोपेर राख्न सक्छन् जो अपराधी छन् उसलाई किन महिना दिन सम्म राख्न सक्दैन ।

त्यति सजिलै केही रकम धरोैटी राखेको भरमा अपराधी उम्काउने अधिकार नेपाल प्रहरीलाई कसले दियो? जनताको सेवा गर्छु भनेर कसम खाईसके पछि सत्यतथ्य पत्ता लगाउन पर्छ की पर्दैन! ती फटाहाहरु प्रहरी भन्दा धेरै चलाखँ छन् अनि प्रहरीले अाखाँले हेरेको भरमा निर्दोष घोषित गर्दै अपराधी उम्काउनु पाइन्छ की पाईदैन?

केही समय अगाडी शक्ति समूह र सिधाकुरा जनता सँग को पहलमा इराकमा वेचिएको चेलीको उद्धार भयो जसमा संलग्न केही तस्कर प्रहरीले समात्यो तर केही दिनमा धरोैटीमा छुटायो केही समय पछि त्यो अपराधी हो तस्कर हो भन्ने कुरा प्रमाणित भयो तब प्रहरी खोजतालसमा लागि परे यस्ता कयोै घटना छन् आखिर यो किन भइरहेको छ ? कहिले सम्ममा जनविश्वास दिलाउन सक्छ नेपाल प्रहरीले?

माथिल्लो तहमा नै राजनीति चलखेल हुने भए पछि अब जनतालाई न्याय कसले दिने? न्याय माग्न जाँदा पनि किन निष्पक्ष रूपमा हेरिदैन के कमजोर मान्छेले न्याय नपाउने हो? न्याय पाउन पनि जबरजस्त पावर र पैसा पहुच नै हुन पर्ने हो त्यसो हो भने गनतन्त्रको भजन किन गाउने?

जसले जसरी व्याख्या गरोस म ग्यारेन्टीका साथ भन्छु यो देशमा न्याय जिउदो छ छैन थाहाँ छैन तर सामान्य मान्छे अझै मरिराखेका छन् बोल्न नसक्ने पक्षले न्याय पाएकै छैनन् म दावाका साथ भन्छु सर्वसाधरण मान्छेले कुनै अपराध नगर्दा पनि आठ दश वर्ष जेल बसेर फैसल्ला हुँदा निर्दोष साबित भएका छन् जो हुन बोल्न नसक्ने सर्वसाधरण मानिस जसले नेपालको कानुनलाई कुनै पनि कोणबाट न्यायचित ठान्दैनन् जसले टाउको ठोकाएर नेपालको कानुन निष्पक्ष छ भने पनि जेल जीवन विताउने निर्दोष मानिसको नजरमा कानुन जिउदो छैन भन्ने प्रमाणित भएको छ ती छानविन आयोगका टोली आखिर के छानविन गर्छन्?निर्दोष मान्छेलाई वर्षोै सम्म जेलमा किन कोच्छन?

निर्दोष मान्छे आठ दश वर्ष जेलमा षड्नु भनेको चानचुने कुरा हैन विश्वास गर्ने आधार पट्टकै छैन ती भए पुराना कुरा भर्खरै भएका टिकापुर घटना मधेस आन्दोलन का अपराधी पनि कति फरार छन् भएका मध्य केही निर्दोष भन्ने पनि व्याख्या गरेका छन् यदि फरार दोषी छन् भने समात्नु पर्‍यो जुनसुकै हालतमा यदि निर्दोष छन् भने अनुसन्धान र छानविन टोलीले किन जेल कोच्यो यो एउटा उदाहरण मात्र हो ।

यदि कहिकदाचित यदि जेल जीवन विताउने जो कोही पनि निर्दोष भएमा छानविन टोली र अनुसन्धान गर्ने प्रहरीलाई कडा भन्दा कडा कारबाही हुन्छ कि हुँदैन नेपाल सरकार?