डा. बाबुराम भट्टराईलाई पक्राउ गरी कारबाही गर्न माग - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

डा. बाबुराम भट्टराईलाई पक्राउ गरी कारबाही गर्न माग



काठमाडौँ- केही समय अगाडी टीकापुरमा पुगेर सामाजिक सद्भाव भड्काएको आरोप लागेका डा. बाबुराम भट्टराईले दलितलाई अपमान गरेको भन्दै सामाजिक सञ्जालमा उनको विरोध सुरु भएको छ । उनले आज एक कार्यक्रममा दिएको अभिव्यक्ति विवादित बनेपछि विरोध सुरु भएको हो ।

डा. भट्टराईले दलितलाई अपमान गर्दै धर्म परिवर्तनकालागी भड्काएको भन्दै उनलाई तत्काल कानुनी कारबाही गर्नुपर्ने माग उठेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भट्टराईलाई छाडा छोड्नु नहुने समेत बताएका छन् ।

आजको अभिव्यक्तिले पनि भट्टराईले सामाजिक सद्भाव भड्काएर राजनीति गर्न खोजेको आरोप छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भने डा भट्टराईलाई तत्काल पक्राउ गरेर कारबाही गर्न समेत माग गरेका छन् ।

त्यस्तै वरिष्ठ पत्रकार तथा नागरिक अभियन्ता देव प्रकाश त्रिपाठीले पनि कारवाहीको माग गरेका छन् ।

यस्तो छ केही विरोधका आवाज