भट्टराई शान्ति र संविधानका जन्मदाता हुन । - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भट्टराई शान्ति र संविधानका जन्मदाता हुन ।



भट्टराईको पारिवारिक पृष्ठभूमि – 

डा. बाबुराम भट्टराईको जन्म वि.सं. २०११ साल असार ४ गते ऐतिहासिक गोरखा जिल्लाको प्रसिद्ध लिगलिगकोटको पूर्वी फेदीमा रहेको खोप्लाङको वेलवास गाउँमा भएको हो । वहाँ पिता भोजप्रसाद भट्टराई (१९८७– ) र आमा धर्मकुमारी भट्टराई (१९८३–२०६२) का ६ सन्तानमध्ये तेस्रो सन्तान हुनुहुन्छ । एक दाज्यू र एक बहिनीको वाल्यकालमै मृत्यु भएको थियो भने हाल वहाँको एक दिदी, एक भाइ र एक बहिनी हुनुहुन्छ ।
माननीय डाक्टर बाबुराम भट्टराईका राजनैतिक सकारात्मक कामबारे पार्टी भित्रका हनुमानहरुको मूल्याङ्कन नकारात्मक आलोचनाले डाक्टर बाबुरामको उच्च योगदान जनयुद्ध – जनआन्दोलन बारेमा डाक्टर बाबुराम भट्टराईको मूल्याङ्कन सकारात्मक भन्दा नकारात्मक प्रचारमा बाहिरी शक्ति भन्दा आन्तरिक शक्ति धेरै परिचालन गरिएको थियो । पार्टी एकीकरण, पार्टी एकता भन्दा टूट – फुट रमाएको हो! त्यसको मुख्य दोषी हामी हौ । हामीले नेताहरूको अति देवत्वकरण गरेको हो ।

भट्टराईलाई बिगार्ने आन्तरिक कारणहरू निम्न प्रकार छन् ?

१) २०५२ साल फागुन १ गते जनयुद्ध सुरु हुनुभन्दा केही दिनअघिदेखि वहाँले नेपालभित्रै भूमिगत जीवन सुरु गर्नुभएको थियो । त्यसपछि दशवर्षे जनयुद्धकाल भरि वहाँ निरन्तर भूमिगत रहनु भएको थियो ।

२) डाक्टर बाबुरामको अध्ययन विज्ञान, दर्शन, समाजशास्त्र, अर्थशास्त्र, राजनीति, मनोविज्ञान र मुख्यत: भोल्टेयर, कान्ट र माक्र्सदेखि बुद्ध, लिंकन, गान्धी र चे सम्मको जीवनीको अध्ययनले वहाँलाई कम्युनिस्ट बनाएको हो ।
३) २०५२ साल माघ २२ गते बाबुरामको नेतृत्वमा संयुक्त जनमोर्चाको तर्फबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई चर्चित ४०–सूत्रीय माग पेस गरिएको थियो ।

४) बाबुरामले मस्यौदा गरेका राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी ती सूत्रवद्ध ४० बुँदा नै वास्तवमा नेपाली समाज र इतिहास हल्लाउने १०–वर्षे जनयुद्धको वैधानिक घोषणापत्र थिए ।

५) २०५० सालमा दासढुंगा काण्डको छानविनको माग गर्दै संयुक्त जनमोर्चा नेपालको तर्फबाट आन्दोलन गरेवापत् नेपाली काँग्रेस सरकारले वहाँलाई गिरफ्तार गरेर केही हप्ता सेन्ट्रल जेलमा राखेको थियो ।

६) दशवर्षे जनयुद्धकालभरि वहाँ निरन्तर भूमिगत रहनुभयो । बिचमा दोस्रो शान्तिवार्ता निम्ति पार्टीको तर्फबाट नेतृत्व गर्दै २०५९ फागुनदेखि २०६० श्रावणसम्म खुला हुनुभयो ।

७ ) एकैचोटि बाबुराम – प्रचण्ड २०६३ असार २ गते कास्कीको सिक्लेसबाट तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलासँगै हेलिकप्टरमा आएर प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक हुनुभएको थियो!
८) डा. भट्टराई सेना समायोजन र संविधान निर्माण प्रक्रिया अत्यन्त जटिल र कठिन मोडमा पुगेको अवस्थामा २०६८ भदौदेखि २०६९ फागुनसम्म नेपालको ३५औं प्रधानमन्त्री बन्नुभयो थियो ।

९) ४० वर्षदेखि सँगै काम गरेका डाक्टर बाबुराम भट्टराई जनयुद्ध, सहिद परिवार, वेपत्ता परिवारलाई छोडेर भागेको टिप्पणी गरियो

१०) भट्टराई पार्टीघाती, विचारघाती र आत्मघाती भारतका एजेन्ड हुन भनी प्रचार गरियो ।

११) बिपा समझौता गरियो

१२) जनयुद्धको बेला डाक्टर बाबुराम भट्टराई भनेको प्रचण्ड , प्रचण्ड भनेको डाक्टर बाबुराम भट्टराई भनी प्रचार गर्ने साथै जनयुद्धको बेला प्रचण्ड – बाबुराम एक आपसका परिपूरक हुन भनी प्रचार गर्ने
१३ ) भट्टराई शान्ति र संविधानका जन्मदाता भनेर प्रचार गर्ने ।
१४ ९ महिने सरकारको अर्थमन्त्री हुँदा काम राम्रै काम गर्नु भएको हो ।
१५) डाक्टर बाबुराम ‘साग र रोटी खान्छन! साधा सिधा सरल छन् ।
१६ ) बाबुराम ठूल्ठूला सपना देख्यौ र उचालेर कुर्सीमा राख्यौ बाबुराम सामान्य धातुले बनेका अति सामान्य राजनितिकर्मी रहेछन् !
१७) विदेश भ्रमणको भत्ता ढुकुटीमा हाल्छन्,! विदेश बाट दिएको उपहार जनतालाई दिन छन्!संसद्मा उपस्थित नभएको दिनको भत्ता लिदैनन ।

१८) नेपालमा ४० वर्षदेखि कसैले गर्न नसकेको काठमाडौँ उपत्यका लगायत ठुला शहरहरुको सडक विस्तार बाबुरामको कार्यकालको ट्रेडमार्क उपलब्धि हुन ।

१९) हामीले ‘बोर्डफस्ट’ भन्दै ज्यादीविधि हल्लाखल्ला गरेको हो! २०२६ सालको एस.एल.सी. परीक्षामा वहाँ बोर्ड प्रथम हुनु भएको थियो ।
२०) भट्टराई नेपाली कपड़ा , जुत्ता नेपाली सामान मात्रै लाउछन्’ ! बाबुरामको शासनमा सुन फल्छ भन्दै हल्लाखोर गर्ने बाबुराम प्रधानमन्त्री बनेको हेर्न रहर गर्ने जमात पार्टी भित्र ” बाबुराम देश जनता प्रति “पञ्चाग्नी ताप्ने र जाडोमा चिसो ढुङ्गामा बसेर तपस्या गर्न सक्ने महान् नेता भनेर प्रचार गर्ने ।

२१) प्रचण्ड र बाबुरामले झन्डै तीस वर्ष राजनैतिक सहयात्रा गरेका छन् ! जोड़ने भन्दा फुटमा मलजल गर्ने पार्टी विभाजनपछि तल्लोस्तरको गालीगलोज हनुमान गिरी गर्ने ।

२२) प्रचण्ड – बाबुराम दुवै नेता पार्टी एकीकरण गर्नुपर्ने मुडमा देखिएका छन् । तर नेता पार्टी एकीकरण गर्न नदिने त्यसको मुख्य दोषी हामी हौ ! म अति देवत्वकरण गरेको हो! तर बाबुरामको कट्टर आलोचक पनि हो । बाबुरामको धेर थोर देवत्वकरण विगतमा मैले पनि गरेको हुँ ।उनको शासनकाल स्वर्णकाल बन्छ भनेर अनेक सपना पनि देखेको हो ।
२३ ) धोबीघाट गठबन्धनमा एक ठाउँ २८ असार ०६८ मा माओवादीभित्र प्रचण्ड एकातिर र अन्य नेताहरू अर्काेतिर उभिने गरी धोबीघाट गठबन्धन बन्यो । त्यो गठबन्धन निर्माणका सूत्रधारमध्येका एक थिए बाबुराम भनी प्रचार गरियो ।

२४) २०६२ मङ्सिर ७ गते राजतन्त्रका विरुद्ध तत्कालीन सात दलसँग भएको ऐतिहासिक १२–बुँदे समझदारीको अन्तिम ड्राफ्ट बाबुराम र कृष्णप्रसाद सिटौलाले तयार गर्नुभएको थियो! विरोधी सङ्ग बहस गर्दा हाम्रो बाबुराम कति ठुलो बुद्धिजीवी हुनु छ भनी १२ हात उफर्ने हनुमान कार्येकर्ताहरु ।

२५ ) मूल नेतृत्व (प्रचण्ड)को गुणगान गरेर आफ्ना गल्ती–कमजोरी ढाकछोप गर्ने, भिन्न विचार राख्नेलाई दमन र निषेध गर्ने, जनतामाथि बल प्रयोग गर्ने, भ्रष्टाचार र अनियमितता गर्ने आदि गलत र हानिकारक प्रवृत्ति ‘आलोक प्रवृत्ति’का रूपमा फैलिरहेको थियो । गलत कुराको भंडाफोड़ गर्ने बाबुराम।

२६) डा. बाबुरामले संविधानसभाबाट संविधान जारी भएलगत्तै २०७२ असोज ९ गते आफू उपाध्यक्ष रहेको एकीकृत नेकपा (माओवादी) र संसद् सदस्यता समेत परित्याग गरी सो नयाँ अभियानको नेतृत्व गरिरहनुभएको छ ।
२७) नेतृत्वको केन्द्रीकरण’को नाउँमा पार्टीको स्टालिनीकरण गर्ने खतरनाक प्रवृत्ति स्वयम् प्रचण्ड – बाबुराममा छ ! खतरनाक प्रवृत्ति विरुद्धमा नेता – कार्येर्कता पार्टी समर्थनको आवाज दृढ अडान लिनु पर्ने हुन्छ ?
ओहो, के मात्र बखान गरिएन माननीय नेता पूर्व माओवादी नेता , नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले को ?अहिले सपनाको निर्मम विघटन भएको हो ? धेरै पटक नेपालका राष्ट्रिय दैनिकमा लेख लेखेर उनलाई “बेलुनझै फुलाएका छन् ” हामी पनि ताल मिलौदै गएको हो । ” सारथीको छवि स्वच्छ , सरल साधा जीवन छ! त्यसैले देशको उज्यालो भविष्यको काम गर्न मिल्ने थुप्रो ठाउँ छ भन्ने मेरो निचोड थियो।

विगतको माओवादी जनयुद्ध

संविधानसभा, गणतन्त्र र धर्मनिरपेक्षतालाई केन्द्र भागमा राखेर सुरु भएको माओवादी महान् जनयुद्ध आन्दोलन अहिले जटिल मोडमा पुगेको छ । फुटाउने र राज गर्ने मुख्य रणनीतिलाई नेपालमा कम्युनिस्टको सफलता र असफलता दुवैमा बहस गर्नेहरु छन् । तर १० वर्षसम्म हतियार उठाएर महान् जनयुद्ध मच्चाएको माओवादी आन्दोलन दोस्रो जनआन्दोलनपछि क्रमशः क्षीण बन्दै जाँदा पार्टीभित्रका उच्छ्वासहरु एकाएक बाहिरिन थाले । माओवादीभित्र अटाउन नसक्ने भएकै कारण तत्कालीन समयमा एकताबद्ध भएर माओवादी आन्दोलनलाई सार्थक बनाउन सशक्त र सशस्त्र विद्रोहको नेतृत्व गरेका माओवादी माननीय नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य र डा. बाबुराम भट्टराई यतिखेर तीन दिशातिर छन् ! अन्य कति छन् लेखा नै छैन ! भने तत्कालीन समयका यिनै हस्तीहरुको विचारलाई आफ्नो आदर्श मानेर बल दिइरहेका केन्द्रीयस्तरका कैयौँ माओवादी नेताहरू पनि नेताहरूको फुट र गुटबन्दीसँगै विभक्त हुनपुगेका छन्!

बिश्न कम्युनिस्ट पार्टी :

विश्व कम्युनिस्ट आन्दोलनमा विशेषत चीन, भियतनाम, कम्बोडिया, रुसका धेरैजसो नेताहरूको जीवनशैली सामान्य मानिसभन्दा माथि उठाउने कहिले कोसिस गरेन तर नेपाल का महान् नेताहरू जीवन शैली भने कहिले पनि बदलिएन बिश्नका महान् नेताबाट शिक्षा लिने हो भने ”

रुसका लेनिन जसले विश्वमा पहिलो कम्युनिज्म व्यवस्थाको श्रीगणेश गर्नु भयो
उनको जीवनशैली तथा कसैको सित्तैंमा खानु हुँदैन भन्ने नैतिक शिक्षा दिएका छन् । ”

” जस्तो माओत्सेतुङ्गको कुरा लिऊँ,आफ्ना लागि २ जोर लुगाभन्दा बढ्ता लुगा कहिले लगाएनन् । आएका लुगा पनि आफूभन्दा कनिष्टहरूलाई आवश्यकता अनुसार प्रयोग गर्ने फारो नीतिको प्रयोग गर्न भन्थे ।

भियतनामका होची मिन्हको जीवनी पनि सादगी रह्यो, उनी टायरको चप्पल नै लाउँथे । आफू बस्नका लागि सामान्य घर नै प्रयोग गरेका थिए ।

माओवादी एकताले नेपाली राजनीतिमा ठुलो अर्थ राख्ने गर्छ । कार्यकर्ताको तह सम्म एकता हुन्छ की हुँदै त्यो अर्को कुरा हो तर पार्टी सांकेतिक रूपमा ठुलो र बलियो भएको संदेश भने जाने देखिन्छ ।

त्यसैले प्रचण्ड र बाबुराम जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन समेतबाट प्राप्त उपलब्धिको रक्षाका लागि फेरि एक पटक जस्तो सुकै कठिन परिस्थितिमा पार्टी एकता गर्न जरुरी हो ४० वर्षदेखि सँगै काम गरेका प्रचण्ड – डाक्टर बाबुराम भट्टराई जनयुद्ध, सहिद परिवार, वेपत्ता परिवारलाई छोडेर धोक्का दिनु हुँदैन ।एकता, एकता, पार्टी एकता गरौँ  ।


@ आरबी खड्का भारत