सङ्क्रमितकी भाउजुलाई पनि कोरोनाको लक्षण देखियो: अस्पताल भर्ना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सङ्क्रमितकी भाउजुलाई पनि कोरोनाको लक्षण देखियो: अस्पताल भर्ना



कैलाली- कोरोना संक्रमण पुष्टि भएका बिरामीकी भाउजुलाई पनि कोरोनाको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका कोरोना भाइरस संक्रमितको भाउजुलाई कोरोनाको लक्षण देखिएपछि घरबाटै उद्दार गरी अस्पताल लागिएको बताइएको छ ।

संक्रमितकी भाउजूमा कोभिड-१९ को लक्षण पाइएपछि आज बिहान घरबाटै उद्दार गरी सेती प्रादेशिक अस्पताल ल्याइएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुखले जानकारी दिएका छन् ।

संक्रमितका परिवारका १० जना परिवारका सदस्य घरकै क्‍वारेन्टाइनमा बसिरहेका थिए।

परिवारका १० जना सदस्यको थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो। नमुनाको रिपोर्ट काठमाडौं पठाइएका कारण आउन ढिलो भएको हो।