एनआरएनए हाँक्ने जिम्मा भवन भट्टलाई - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एनआरएनए हाँक्ने जिम्मा भवन भट्टलाई



३१ असोज, काठमाडौं ।

एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी बिजयी भएका छन् ।

सोमबार सांझ सम्पन्न निर्वाचनबाट भट्ट निर्वाचित भएका हुन् । उनले अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई पराजित गर्दै विजयी बनेका हुन् । दुइ वर्षको कार्यकालका लागि चुनिएका भट्ट जापानमा ब्यबसाय गर्दै आएका छन ।

यसैगरी उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा बद्री केसी, कोषाध्यक्षमा हिक्मत थापा र सहकोषाध्यक्षमा सोम सापकोटा विजयी भएका छन् ।

सचिवमा डीवी क्षेत्री र जानकी गुरुङ चुनिएका छन् ।

महिला संयोजकमा रजनि प्रधान र युवा संयोजकमा सुदन थापा विजयी भएका छन् ।
अमेरिका क्षेत्रीय संयोजकमा गौरी जोशी, एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा र युरोप क्षेत्रीय संयोजकमा शिव बरुवाल विजयी भएका छन् ।

निर्वाचनमा अधिकांश पद भट्ट प्यानलबाट उम्मेदवार बनेकाहरुले जितेका छन् ।

एनआरएनए सम्मेलन गत शनिबार काठमाडौंमा सुरु भएको थियो । तीन दिनसम्म चलेको सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो ।