दरवारमार्गका पसल खुलाउन भवानी राणा पुगिन मन्त्रालय - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दरवारमार्गका पसल खुलाउन भवानी राणा पुगिन मन्त्रालय



२३ भदौ, काठमाडौँ ।

नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणा आपूर्ति मन्त्रालय पुगेर दरवारमार्गका पसलमा लगाएको शिलबन्दी खोलिदिन आग्रह गरेकी छन् ।

भवानी राणको नेतृत्वमा मन्त्रालय पुगेको टोलीले अनुगमनबाट व्यापारीको छवि नै विग्रेको भन्दै शिलबन्दी गरेका पसल खोलिदिन मन्त्रीसमक्ष आग्रह गरेको थियो ।

उनीहरूसँग कुरा गर्दै आपूर्ति मन्त्री शिवकुमार मण्डलले दरबारमार्ग क्षेत्रमा चर्को मूल्य असुली उपभोक्ता ठग्ने व्यवसायीलाई कानुन अनुसार कारबाही गरिने प्रस्ट पारेका छन् ।

सोमबारदेखि सिलबन्दी गरिएका पसल खुलाउन माग गर्न गर्दै मन्त्रालय पुगेको नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँगको कुराकानीका क्रममा मन्त्री मण्डलले उपभोक्ता ठग्नेले उन्मुक्ति नपाउने स्पष्ट पारेका हुन् ।
‘दोषी भेटिए विद्यमान कानुन अनुसार कारबाही हुन्छ,’ उनले भने, ‘गलत नगरेको प्रमाणित भए कसैमाथि पनि कारबाही गर्ने कुरा हुन्न ।’

पहुँच छ भन्दैमा जे गर्दा पनि हुन्छ भन्ने प्रवृति अन्त्य गर्न पनि उनले व्यवसायीलाई आग्रह गरे । उपभोक्तालाई सहज र सुलभ तरिकाले वस्तु उपलब्ध गराउनुपर्नेमा अनुगमन टोलीमाथि नै व्यवसायीले अभद्र व्यवहार गर्ने गरेको उनले बताए ।

‘राज्यको सशक्त उपस्थिति भएको ठाउँमासमेत पहुँचको नाममा जे गरे पनि हुन्छ भन्ने प्रवृति देखियो,’ उनले प्रश्न गरे, ‘त्यस्तो ठाउँमा सर्वसाधारणलाई कस्तो व्यवहार होला ?’