पूर्वयुवराज्ञी हिमानी शाहले गरिन भवानी माविको शिलान्यास - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

पूर्वयुवराज्ञी हिमानी शाहले गरिन भवानी माविको शिलान्यास



हिमाल पोष्ट / गोरख  २५ मंसिर । पूर्वयुवराज्ञी हिमानी शाहले गोरखा पालुङटारस्थित भवानी माविभवन शिलान्यास को गरेकी छिन् ।

‘गोरखा भूकम्प’ ले क्षति पुर्‍याएको विद्यालय भवन पुनःनिर्माणको जिम्मा हिमानी ट्रस्ट नेपालले लिएको हो । ट्रस्टले करिब रु तीन करोडको लगानीमा १६ कोठाको भवन निर्माण गर्ने तयारी गरेको विद्यालयका प्रअ ओजराज गिरीले जानकारी दिए ।

जापानी बुद्धिस्ट एसोसिएसनको आर्थिक सहयोगमा ट्रस्टले भवन निर्माण गर्न लागेको हो । भवन शिलान्यास कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा पनि उपस्थित थिए ।