भ्यालेन्टाईन नजिकिदै गर्दा वर्षा र प्रकाशको माया बढ्यो (भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

भ्यालेन्टाईन नजिकिदै गर्दा वर्षा र प्रकाशको माया बढ्यो (भिडियो सहित)



समिर प्रकाश पाण्डे/माघ २१ 

फिल्मको ट्रेलरले राम्रै चर्चा बटुलेको नेपाली फिल्म ‘लप्पन छप्पन’ फिल्मले ‘माया बढ्यो’ बोलको गीत सार्वजनिक गरेको छ। यस गीत स्वर, शब्द तथा सङ्गीत दीपक आर जेको रहेको छ।

रिलिज गीतमा वर्षा शिवाकोटीसँग प्रकाशजंग शाह र सिद खरेलको रोमान्स देखाइएको छ। मुकुन्द भट्ट निर्देशित फिल्मलाई नेपालसँगै बेल्जियममा छायाँकन गरिएको हो। डम्बर चन्द फिल्मका निर्माता हुन्।

फिल्ममा सौगात मल्ल, दयाहाङ राईको समेत मुख्य भूमिका रहेको छ। फिल्मले चैत ११ गते रिलिजको मिति तोकेको छ।