भीषण आँधिबेहरी पछि अस्तब्यस्त सहर मकाउमा सरसफाईमा जुटे नेपाली । - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भीषण आँधिबेहरी पछि अस्तब्यस्त सहर मकाउमा सरसफाईमा जुटे नेपाली ।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

नेपालीका लागि नेपाली र एक पटकको नेपाली सधैको नेपाली भन्ने माहान बाणीलाई आत्मसात गर्दै अगाडी बढेको नेपालीहरूको छाता सङ्गठन गैर आवासीय नेपाली सङ्घ मकाउले आफ्नो मोटोमा नेपालीका लागि नेपाली मात्र नभएर विदेशीका लागि पनि नेपाली भन्ने कुरालाई यथार्थतामा परिणत गरी दिएको छ।केही दिन अगाडी अगष्ट २३ तारीकका दिन मकाउमा आएको थोई फोङ्(तीव्र गतिको हावा र वर्षा)का कारण जन धनको क्षति भएको अवस्थामा नेपालीहरूले मकाउका जनताको घाउँमा मलम बनेर शीतलता प्रदान गरेको छ।

तीव्र गतिको हावा र वर्षाको कारण समुन्द्रको पानी मकाउको गहिरो भागमा पसेर एक तला डुबानमा पारेको थियो र ती डुबेको ठाउँहरूमा १० जनाको ज्यान जानुका साथै करोडौ डलरको भौतिक बस्तुहरू नष्ट भएको थियो।ती बिग्रिएका बस्तुहरूलाई नागरिकहरूले घरबाट सडक नै अबरूद्ध हुने गरी फालेका कारण मानिसहरूलाई आबत जाबत गर्नै कठिन हुने गरी दुर्गन्ध फैलिई रहेको अवस्थामा जनताहरू रोगहरूले संक्रमण गर्छकी भनी चिन्तित भई रहेको अवस्थामा त्यो फोहरलाई व्यवस्थापन गर्नका लागि नेपालीहरूले साथ दिएका छन्।बाढी पसेर अस्तब्यस्त भई रहेको अवस्थामा गैर आवासीय नेपाली सङ्घ मकाउ,नेपाली समाज मकाउ र नेपाली जनसम्पर्क समिति मकाउले संयुक्त रूपमा गरेको सरसफाई अभियानमा मकाउका विभिन्न होटेल,क्यासिनो,सप्लायर्स कम्पनीहरू,व्यवसाय गरी रहेका लगभग ४०० को हारहारीमा नेपालीहरूले स्वस्फूर्त रूपमा स्वयंसेवक कार्यमा सहभागिता जनाई सरसफाईमा जुटेका थिए।सरसफाई कार्यक्रम सनमालो,कोसीताक,सामसान चाङ,तापसेक,सालेथौ एरीयामा भएको थियो।

उक्त सरसफाई अभियानमा गैर आवासीय नेपाली सङ्घ मकाउका अध्यक्ष मुकेश कुमार बरूवाल,उपाध्यक्ष राजेश प्रसाई,सचिव कर्ण बहादुर अधिकारी,प्रवक्ता युवराज न्यौपाने,आईसीसी सदस्य शान्ति देवी अधिकारी,सदस्य पदम सिंह पन्त,सङ्घका पूर्व सचिव रामचन्द्र घिमिरे त्यसै गरी नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशी,वर्तमान उपसभापति लेख बहादुर गुरूङ्,सहमहामन्त्री काली बहादुर परियार,अन्तर्राष्ट्रिय नेपाली समाज मकाउका संयोजक प्रजुन अधिकारी,भरत पाण्डे,हरीशचन्द्र अधिकारी,राजन अधिकारी,नबराज अन्जन,जङ्ग बहादुर गुरुङ,दीपक प्रणामी लगायत मकाउमा कार्यरत रहनु भएका नेपाली दाजुभाइहरूले मन बचन र कर्मले बिहान फोहर जम्मा गरी प्लाष्टिक ब्यागमा राखेर बेलुका गाडीमा लोड गरी पठाएको थियो।

उक्त सफाई अभियानमा एक जना नेपाली रूप बहादुर तामाङ साधरण घाइते भएको छ।स्मरण रहोस् २०७२साल वैशाख १२ गते नेपालमा गएको आम विनाशकारी भूकम्पमा मकाउ सरकार र प्राइभेट कम्पनीहरूले करोडौ रुपैयाँ नेपाल र नेपालीलाई सहयोग गरेका थिए।हामीले आर्थिक सहयोग गर्न नसके पनि भौतिक रूपमा सहयोगमा जुट्नु हाम्रो लागि गर्वको कुरा हो।मकाउमा फिलिपिन्स,बर्मा,ईन्डोसिया,नेपाल,मंगोलिया,भुटान,भारत,थाईल्याण्ड लगायत घेरै देशका नागरिकहरू कार्यरत रहे पनि जम्मा ४००० को हाराहारीमा रहेका नेपालीहरू सडक भरी सरसफाई अभियानमा जुटेको देखेर स्थानीयहरूले प्रसन्न मुद्रामा घन्यबाद दिनुका साथै नेपालीहरू अति नै सहयोगी हुँदा रहेछन् भनी प्रशंसा गरेका थिए।