मार्मिक दसैँ कोशेली 'भित्ते पात्रो' बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मार्मिक दसैँ कोशेली ‘भित्ते पात्रो’ बजारमा (भिडियो सहित)



हिमाल पोस्ट /असौज १ 

लाखौँ नेपाली वैदेशिक रोजगारीको सिलसिलामा परदेशमा छन् । सबैलाई रहर हुन्छ घर परिवार र साथीभाईसंग दसैँ–तिहार मनाउने तर सबै परदेशीले कहाँ भनेको बेला छुट्टी पाउँछ र ।

घरपरिवार र साथीभाईलाई सम्झेर दसैँ–तिहारमा घर आउन नपाएका परदेशीको पीडा समेटिएको दसैँको कोसेली “ भित्ते पात्रो ” हालै मात्र सार्वजनिक भएको छ । समीर प्रकाश पाण्डेको शब्द रहेको गीतमा प्रेम सापकोटा “ सोनु ” ले लय भरेका छन् भने गायक वसन्त बि.सी र फुलमाया पुनको स्वर रहेको छ ।

हिमाल पोस्ट मिडियाको प्रस्तुतिमा बजारमा आएको गीतको भिडियोलाई हास्यकलाकार उज्ज्वल गिरी “ दानविर” को निर्देशनमा सुरज पाण्डेले छायाङ्कन तथा सम्पादन गरेका छन् भिडियोमा गुराँस / राहुल / जगनाथ / निशाको मन छुने अभिनय देख्न सकिन्छ ।