भोलि सरकारी बिदा छैन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भोलि सरकारी बिदा छैन



हिमाल पोस्ट /पुस २६

नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिनमा भोलि पुस २७ गते सरकारी विदा नहुने भएको छ। मंगलबार बेलुकासम्म धेरै नेपालीहरुले आशा गरे विपरित सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक विदा नदिने भएको हो।

मंगलबार साँझसम्म गृहमन्त्रालयले बिदाबारे कुनै निर्णय नगरेपछि आम नेपाली स्तब्ध भएका छन्। यसअघि सरकारको क्यालेण्डरमा क्रिश्चिनहरुको महान चाड क्रिसमस डेमा राष्ट्रिय विदा उल्लेख नगरिए पनि अन्तिम समयमा आएर गृहमन्त्रालयले सार्वजनिक विदाको घोषणा गरेको थियो। तर, पृथ्वीजयन्तीमा सरकारी विदा घोषणा गर्नका लागि भने सरकारले निकै ठूलो कञ्जुस्याइँ गरेको राप्रपाका एक नेताले बताए।

‘क्रिश्चियनहरु भन्दा पनि ठूलो संख्यामा नेपालीहरु पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताका प्रतीक मान्छन् र उक्त दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइनुपर्थ्यो,’ ती नेताले भने, ‘तर, क्रिश्चियनको मागलाई सम्बोधन गर्ने सरकारले एएटा ठूलो समुदायको भावनालाई बेवास्ता गर्‍यो।’ यसरी हटाइएको थियो विदा २०६२–६३ सालको जनआन्दोलन अघि पृथ्वी जयन्तीको अवसरमा हरेक वर्ष पुस २७ गतेका दिन सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । त्यसपछि सरकारले पृथ्वी जयन्तीको अवसरमा दिइँदै आएको बिदा कटौती गरेको थियो स–साना राज्य रजौटामा विभाजित नेपाललाई एकीकरण गरेका शाहको जन्म विसं १७७९ पुस २७ गते भएको थियो।

setopati