'भोट हालौं रुखमा' नामक लोक दोहोरी गीत बजारमा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

‘भोट हालौं रुखमा’ नामक लोक दोहोरी गीत बजारमा



हिमाल पोष्ट / काठमाडौं । नेपाली काँग्रेसलाई स्थानीय निर्वाचनमा मत दिन आग्रह गर्दै नयाँ लोक दोहोरी गीत बजारमा ल्याईएको छ । ‘भोट हालौं रुखमा’ नामक लोक दोहोरी गीत पार्टीको कुनैपनि आधिकारिक मान्यता प्राप्त गीत त होईन ।

 

तर, ६ मिनेट २७ सेकेण्डको सो दोहोरी गीतमा पूर्णतया नेपाली काँग्रेसलाई स्थानीय निर्वाचनमा भोट हाल्न आग्रह गरिएको छ । सुनिल थापाको लय शब्दमा राधिका हमाल र सुनिल थापाको स्वरमा सो गीत गाईएको छ । उक्त म्युजिक भिडियोको निर्देशन भने उदिराम खड्काले गरेका छन् ।

 

नेपाली काँग्रेस यस पटकको स्थानीय निर्वाचनमा यसभन्दा अघि भन्दा अलिक बढी नै आक्रामक रुपमा प्रस्तुत भएको छ । यस अघिका निर्वाचनहरुमा शालीन र शान्त रुपमा प्रचार अभियानमा लागेको नेपाली काँग्रेस यस पटक भने प्रचारप्रसारमा बढी नै आक्रामक रुपमा प्रचार अभियानमा लागेको हो ।

 

नेपाली काँग्रेसलाई स्थानीय निर्वाचनमा मत दिन आग्रह गर्दै ल्याईएको म्यूजिक भिडियो यस्तो छ ।