प्रधानमन्त्रीको भारत भ्रमण सफल भयो: प्रचण्ड - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानमन्त्रीको भारत भ्रमण सफल भयो: प्रचण्ड



धनगढीः

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको बताएका छन् ।

प्रचण्डले प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा पुराना सहमति कार्यान्वयनबारे छलफल भएको तथा केही अत्यावश्यक विषयमा कुराकानी भएकाले भ्रमण सफल भएको बताए ।

प्रचण्डले भने, ‘प्रधानमन्त्रीले पुराना सहमति कार्यान्वयन र केही हाम्रा अत्यावश्यक विषय बाहेक कुनै पनि विषयमा नपसेको कुरा तपाईंहरुले थाहा पाइसक्नु्भएको छ ।’

प्रेस सेन्टरले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले नेपालमा स्थानीय तहको चुनाव सम्पन्न भई प्रदेश र केन्द्रको चुनाव गराउन शुरु भएको प्रक्रियालाई समर्थन गर्नु सकारात्मक भएको टिप्पणी गरे ।