प्रधानमन्त्री ओलीको समस्या 'सबै देख्ने तर भ्रष्टाचार नदेख्ने...' - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानमन्त्री ओलीको समस्या ‘सबै देख्ने तर भ्रष्टाचार नदेख्ने…’



कर्ण अधिकारी

कोभिड १९ कोरोना भाइरसले संसारका समृद्धशाली राष्ट्रदेखि विपन्न राष्ट्रहरूलाई आक्रान्त बनाई रहेको अवस्थामा कोरोना भाइरसको उपचारका लागि चाहिने स्वास्थ्य सामग्री खरिदमा नियतवश भ्रष्टाचार गरिएकोबारे उपप्रधानमन्त्री तथा कोरोना नियन्त्रण उच्च स्तरीय समितिका संयोजक, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र ओम्नीका बारेमा केही लेख्ने जमर्को गरेको छु।

शक्तिशाली राष्ट्रहरू युरोप अमेरिका र चीनमा हजारौँको सङ्ख्यामा मृत्यु र लाखौँको सङ्ख्यामा सङ्क्रमित भेटिई रहेको अवस्थामा गरिबिको रेखामुनि रहेको देश नेपाल र नेपालीलाई पनि आक्रान्त बनाएको छ । हालसम्म ९ जनामा सङ्क्रमण भेटिएको छ, हजारौँ मानिस क्वारेन्टाइनमा छन् । नेपाल सरकारको फितलो काम कारबाहीका कारण न त विदेशबाट नेपाल आएका नेपालीको चेक जाँच गर्न सकिएको छ न त भारतीय सीमाबाट भित्रिएका नेपालीहरूलाई नै क्वारेन्टाइनमा राख्न सफल भएका छन् ।

लकडाउनको १५ दिन बितिसक्दा पनि १२/१३ सयको हाराहारीमा मात्र चेक जाँच हुनु दुर्भाग्य हो । मेरो बिचारमा यस्तो ढिलाइले नेपालमा हजारौँको सङ्ख्यामा सङ्क्रमित बढ्न सक्छन् ।नेपालमा कोरोना दोस्रो चरणमा प्रवेश गरी सकेको छ भने हामी नेपाली जनता पनि त्यति नै भेडा छौ ।

लक डाउनको अवधिमा पनि खुलम खुल्ला बाहिर हिँडडुल गरी रहेका छौ।सरकारले जारी गरेको कुरालाई पालना नगर्नाले इटली र अमेरिकाले चरम पीडा भोग्दै छ।इटलीलाई र अमेरिकालाई हेरेर हामीले पनि केही सिक्न जरुरी छ।तसर्थ आफू पनि बचौँ र अरूलाई बचाऔँ।

छिमेकी मित्रराष्ट्र चीनले कोरोनामाथि विजय प्राप्त गरी रहेको अवस्थामा नेपाल सरकारले कोरोना नियन्त्रणका लागि चीनबाट खरिद गरी ल्याएको स्वास्थ्य सामग्रीमा करोडौँ नीतिगत भ्रष्टाचार गरिएको देखिन आएको छ । सरकारका स्वास्थ्य मन्त्रालय र स्वास्थ्य मन्त्रीले खरिद गरेका कोरोना टेस्ट गर्ने पिसिआर किट,चस्मा, गाउन लगायतका सामाग्रीको मूल्य बढी देखाइएको छ भने अन्य सामग्रीमा पनि भ्रष्ट्राचार भएको छ ।

४० लाख पर्ने मेसिनलाई २ करोडमा खरिद गरिएको छ । एन ९५ मास्कलाई युएसडी १ डलर पर्नेमा ७ डलरमा खरिद गरिएको छ । त्यसै गरी कोरोना टेस्टिङ किटको १० डलर पर्नेमा ३८ डलरमा खरिद गरिएको छ । प्रोटेक्टिभ ग्लोभ ३ डलर पर्नेमा १८ डलरमा खरिद गरिएको छ साथै अन्य सामग्रीमा पनि बढी नै मूल्य तिरिएको छ । यस्तो अवस्थामा भ्रष्ट्राचार हुनु भनेको नेपाल र नेपाली जनताको हित विपरीत कार्य गर्नु हो ।

नेपाल सरकार र सरकारका मातहतका मन्त्रीहरूमा अलिकति पनि धर्म हुन्थ्यो भने यसरी भ्रष्ट्राचार हुने थिएन । नेपाल सरकारले यस विषयमा पूर्ण रूपमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्नेमा सम्माननीय प्रधानमन्त्री केपी ओलीले आफ्ना मातहतका मन्त्रालय र मन्त्रीहरूको बचाउ गरी रहेका छन् ।

प्रम ओलीले आफ्नो कार्यकालमा भ्रष्ट्राचार मुक्त देश बनाउँछु भनेका बाक्याशंहरू के बोलीमा मात्र सीमित हो त ? प्रम ज्यू यसरी भ्रष्ट्राचारी र देश द्रोहीहरूलाई पद मुक्त गर्नु होस । यदि तपाईँको आँखामा दृष्टि भ्रम र कानले नसुनेको हो भने अस्पताल गएर पुनः स्वास्थ्य परीक्षण गराउनु होला । कहिले पनि भ्रष्ट्राचारीलाई बचाउने कोसिस नगर्नु होला । तपाईँलाई इतिहासले धिक्कार्ने छ।

तपाईका पूर्व मन्त्री गोकुल बास्कोटालाई किन साथ दिनु हुन्छ ? बास्कोटा तपाईँको छोरा जस्तै गर्नु हुन्छ त ! उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई कारबाही गर्नु होस् । लकडाउनको समयमा श्रमिकहरूलाई सही तरिकाले खाद्यान्न वितरण गर्नु होस । ५ किलो चामलले कति दिन खाने हो ? के तस्बिर खिचाउन मात्रै हो ? भारतीय सिमाना अलपत्र परेका नेपालीको उद्धार गर्नु सरकारको दायित्व होइन ? कि क्वारेन्टाइनको अभाव भो ?

प्रम ज्यू यही पारा हो भने देश तहस-नहस हुनेछ । मलाई लाग्दैछ तपाईहरूकै कारणले गणतन्त्रको आयु छोटिदै छ।