भूमिका गिरिको नयाँ गीत"आयो नेपाली गीत गाउने आयो"बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भूमिका गिरिको नयाँ गीत”आयो नेपाली गीत गाउने आयो”बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे

लोक दोहोरी गीतको क्षेत्रमा अत्यन्तै चर्चित नाम हो “मिलन लामा” । त्यस्तै चर्चाको शिखर चढ्दै गरेकी गायिका हुन भूमिका गिरी । हजारौँको सङ्ख्यामा गीत उत्पादन हुने बजारमा मिलन लामाको थोरै मात्र गीत हरू आउछन । गीतको मामलामा एकदम चुजी रहेका गायक मिलन लामा र सुमधुर आवाजकी धनी नयाँ पुस्ताकी लोकप्रिय गायिका भूमिका गिरिको आवाजमा नयाँ गीत बजारमा आएको छ । मिलन लामाका सृजना हरू प्राय कालजयी हुन्छन् । यसपटकको भाका झन् देशभक्ति पूर्ण रहेको ले आफू थप आशावादी रहेको कुरा गायक लामा ले बताए ।

केही दिन अगाडी द्विअर्थी दोहोरी गाएको भन्दै निकै गाली गरिरहेका दर्शक श्रोता एवं आलोचना गर्ने अग्रज हरुलाई समेत चुनौती दिँदै सामाजिक सञ्जाल फेसबुकमा द्विअर्थी गीतको सुरुवातकर्ता हरुलाई गम्भीर प्रश्न एवं चुनौती पेस गरेकी गायिका भूमिका गिरी नयाँ पुस्ताकी आशालाग्दी गायिका हुन । प्रत्यक्ष दोहोरी गायनमा अत्यन्तै दक्ष भूमिका नृत्यमा पनि उत्तिकै पोख्त छिन । स्टेज प्रोग्राममा आफ्नो प्रस्तुतिले दर्शकलाई लठ्याउने खुवी भएकी गायिका गिरी नयाँ पुस्ताकी व्यस्त गायिका हुन । यो देशभक्ती र मनोरन्जनात्मक दुबैखाले स्वाद रहेको गीत प्रति आफू निकै नै आशावादी रहेको कुरा गायिका गिरी ले बताईन । खास गरी चर्चित गायक आदरणीय व्यक्तित्व मिलन लामा सँगको सहकार्य नै ठुलो उपलब्धि हो भन्दै आफ्नो गीत संदेश मूलक रहेको कुरा पनि गायिका भूमिका ले बताईन ।

नयाँ र फरक स्वादको मौलिक लोक दोहोरी गीत “आयो नेपाली” का शब्द संयोजक मिलन लामा हुन भने गीतमा लय पनि मिलन लामा स्वयम् कै रहेको छ । गीतको भिडियो निर्देशन लोकप्रिय निर्देशक टेक लामाले गरेका छन् भने सिनेम्याटोग्राफी राजेश घिमिरेको रहेको छ । अभिनयमा गायक मिलन लामा आफै र चर्चित मोडल रश्मी तामाड• ले गरेका छन् । आशिष् म्युजिक बाट बजार व्यवस्थापन गरिएको गीतको भिडियो म्युजिक नेपालको युट्युव च्यानल बाट डिजीटल बजारमा पठाइएको छ ।