भूकम्पले ध्वस्त बनाएको विद्यालयको भवन रोटरी क्लबद्वारा पुनःनिर्माण - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भूकम्पले ध्वस्त बनाएको विद्यालयको भवन रोटरी क्लबद्वारा पुनःनिर्माण



फलेवास (पर्वत), फागुन २३ गते ।

दक्षिण पर्वतको रानीपानीमा भूकम्पले ध्वस्त बनाएको एक विद्यालयको भवन रोटरी क्लबले पुनःनिर्माण गरिदिएको छ ।

दुई वर्षअघि विनाशकारी भूकम्पले भत्काएको स्थानीय जनता आधारभूत प्राथमिक विद्यालयको भवन रोटरी क्लब अफ द हिमालयन गोर्खाजले पुनःनिर्माण गरिदिएको हो ।

क्लबले रु १५ लाख ६६ हजारको लागतमा चार कोठे दुई तले भवन निर्माण गरिदिएको हो । भूकम्पले भवन भत्काएपछि चौरमा पढाउनुपर्ने अवस्था भएकाले क्लबले पक्की भवन निर्माण गरिदिएको विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
पर्वत जिल्लामा भूकम्पबाट अति प्रभावित रानीपानीमा विद्यालयमा समेत क्षति पुगेको देखेपछि भवन निर्माणमा सहयोग गरेको क्लबका पूर्व अध्यक्ष नारायणप्रसाद गुरुङले बताउनुभयो ।

यसैगरी जिल्ला शिक्षा कार्यालय पर्वतको आर्थिक सहयोगमा पनि विद्यालयमा थप तीन कोठे पक्की भवन निर्माण गरिएको छ । भूकम्पबाट क्षति भएका विद्यालय पुनःनिर्माणअन्तर्गत रु २६ लाख ५९ हजारको लागतमा भवन निर्माण गरिएको हो ।

जिशिका पर्वतको सहयोग रु १९ लाख ५० हजार र अन्य स्थानीय स्रोत सङ्कलन गरी भवन निर्माण गरिएको हो । सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोगी निकायको महत्वपूर्ण भूमिका रहेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक उद्धिमराज पौडेलले बताउनुभयो । रासस