भूकम्प प्रतिरोधी भवन बनाउन तालिम सञ्चालन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भूकम्प प्रतिरोधी भवन बनाउन तालिम सञ्चालन



काठमाडौं, चैत २ गते ।

गरिबी निवारण कोषले भूकम्पबाट प्रभावित जिल्ला नुवाकोटमा भूकम्प प्रतिरोधी भवन बनाउन तालिम सञ्चालन गरेको छ । पहिलो चरणमा २५ जना सहभागीलाई दिइएको तालिमको उद्घाटन गर्दै कोषका उपाध्यक्ष डा यमबहादुर थापाले गर्दै नुवाकोटमा कुल ५०० जनालाई यस प्रकारको तालिम दिन लागिएको बताउनुभयो ।

कोषले भूकम्प प्रभावित १२ जिल्लामा चार हजार ५०० लाई अबको डेढ महिनाभित्रमा प्रतिरोधात्मक आवास निर्माण प्रविधि तालिम दिन लागेको कोषका कार्यकारी निर्देशक नहकुल केसीले जानकारी गराउनुभयो ।

कोषले यो कार्यक्रम कार्यान्वयनका लागि ७० जना इन्जिनियरसहित छुट्टै टिम परिचालन गरेको छ ।

कोषले धादिङ, दोलखा, गोरखा, नुवाकोट, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, सोलुखुम्बु, सिन्धुली, ओखलढुङ्गा, खोटाङ र लमजुङसहित १२ जिल्लामा भूकम्प प्रभावित समुदायका लागि पुनःनिर्माण तथा पुनःस्थापनाका विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यस कार्यक्रमअन्तर्गत भत्केका भौतिक संरचनाको पुनःनिर्माण, सामुदायिक संस्था निर्माण तथा भूकम्प प्रभावितको जीविकोपार्जनका लागि आयआर्जन तालिम, भूकम्प प्रतिरोधी संरचना निर्माण तालिम र भूकम्प सचेतनालगायतका कार्यक्रम रहेका छन् । रासस