घनश्याम भुसाल पराजित, विश्वकर्माले मारे बाजी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

घनश्याम भुसाल पराजित, विश्वकर्माले मारे बाजी



रुपन्देही १ बाट नेता घनश्याम भुसाल पराजित भएका छन् । उनलाई नेकपा एमालेका छविलाल विश्वकर्माले पराजित गरेका हुन् ।

नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनलाई सत्ता गठबन्धनले समेत समर्थन गरेको थियो । उनी यसअघि रुपन्देही ३ बाट निर्वाचित बनेका थिए ।

नेता विश्वकर्माले लगातार अग्रता बनाउँदै भुसाललाई पराजित गरेका छन् । अहिले भइरहेको मतगणनामा गणना बाँकी मत भन्दा विश्वकर्माको अग्रता बढी छ ।

यससँगै यसपटक संसद छिर्ने घनश्यामको सपना पुरा नहुने भएको छ ।