कांग्रेस प्रवेश गरेलगत्तै भुवन केसीलाई 'चिट्ठा' - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

कांग्रेस प्रवेश गरेलगत्तै भुवन केसीलाई ‘चिट्ठा’



काठमाडौं- भर्खरै मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका कलाकार भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको बताइएको छ । “भुवन केसीलाई सोमबारको क्याविनेट बैठकले नियुक्त गर्ने निर्णय गरेको छ । औपचारिक घोषणा हुन भने बाँकी छ,” सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको सचिवालयले भन्यो ।

स्थानीय निर्वाचन अगाडी मात्रै एमाले छोडेर कांग्रेसमा प्रवेश गरेका भुवनले चिट्ठा पाएका छन् । उनी कांग्रेस प्रवेश गरेलगत्तै चलचित्र विकाश बोर्डमा नियुक्ति पाउने चर्चा चलेको थियो ।

सञ्चार मन्त्रालयले बोर्ड अध्यक्षका लागि आह्वान गरेको दरखास्तमा केसीसहित १० जनाले दरखास्त दिएका थिए । केसीसँगै बोर्डको अध्यक्षका लागि अरुण कुमार प्रधान, दीपक श्रेष्ठ, नरेश कुमार पौड्याल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रृष्ठ, सुशील कुमार पोखरेल र सुष्मा कार्कीको उमेदवारी परेको थियो ।

१० जनामध्ये सरकारले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । केसी स्थानीय निकायको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।