बिभिन्न पार्टीका दुई सय कार्यकर्ता काँग्रेसमा प्रवेश,केन्द्रीय सरकार र स्थानीय सरकारमा नेतृत्व एउटै दलले गर्नुपर्छ : खाँण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बिभिन्न पार्टीका दुई सय कार्यकर्ता काँग्रेसमा प्रवेश,केन्द्रीय सरकार र स्थानीय सरकारमा नेतृत्व एउटै दलले गर्नुपर्छ : खाँण



बुटवल, ७ असार । अखण्ड नेपाल पार्टीकी केन्द्रीय सदस्य नुमा थापा तथा सोही पार्टीका युवा समिति केन्द्रीय उपाध्यक्ष हरि क्षेत्री सहित बिभिन्न दल परित्याग गरि दुई सय जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बुधबार बुटवलको वडा नं. ८ आयोजित नेपाली काँग्रेसको कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बालकृष्ण खाँणले पार्टी प्रवेश गराउनु भएको हो । उनीहरुलाई पार्टीमा प्रवेश गराउँदै नेता खाँणले नव प्रवेशलाई पार्टीमा उचित स्थान दिईने बताउनु भयो । मुलुकको समृद्धिकालागि केन्द्रीय सरकार र स्थानीय सरकारको नेतृत्व एउटै दलले गर्ने हो भने मात्रै समृद्धिको खाका राम्रोसंग कोर्न सकिने उल्लेख गर्दै केन्द्रीय सरकारको नेतृत्व नेपाली काँग्रेसले गरेकाले स्थानीय सरकारको नेतृत्व पनि नेपाली काँग्रेसले गर्नुपर्ने बताउनु भयो ।

उहाँले अहिले बुटवल सहितका बिभिन्न स्थानीय तहमा काँग्रेस माओवादी केन्द्र बिचको गठबन्धन देखि एमालेलाई १८० डिग्रिको ज्वरो आएको बताउनु भयो । दुई दलबिचको गठबन्धनले बुटवलमा एमाले भित्तामा टासिने स्थिती आएको बताउँदै नेता खाँणले एमाले नीति र थिती नभएको पार्टी भएको टिप्पणी गर्नुभयो । राष्ट्रिय राजनीतिमा भएको दुई दलबिचको सहमतिलाई स्थानीय तहमा समेत कार्यान्वयन गर्न चुनावी एकता गरिएको बताउँदै पार्टीले गरेको एकतामा ईमान्दारिताका साथ पालना गर्न आग्रह गर्नुभयो ।

बुधबार बुटवलको वडा नं. ८ मा नेपाली काँग्रेस, नेकपा माओवादी तथा राष्ट्रिय जनमुक्ति पार्टी सम्वद्ध भूपू सैनिकहरुको भेला तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो । आसन्न स्थानीय तहको निर्वाचनमा बुटवलको वडा नं. ८ मा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी तालमेल गरि सोही अनुसार चुनाव प्रचार कार्यक्रम अंगाडी बढाईएको वडा अध्यक्षका उम्मेदवार तथा नेपाली काँग्रेस बुटवल नगर समितिका पूर्व सभापति राधेश्याम राजभण्डारीले जानकारी गराउनु भयो ।

भूपू सैनिक संघका डोलप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार खेलराज पाण्डेले बुटवलको बिकासका लागि बुटवल नगरपालिकाको कार्यालयलाई सबैको साझा कार्यालय बनाउने, सुकुम्बासी समस्या अन्त्य गर्ने, अभिसाफका रुपमा देखा परेको तिनाउ दानव नदिलाई व्यबस्थित गर्ने र बुटवललाई मुलुककै आर्थिक केन्द्रका रुपमा बिकास गर्ने आफूले एजेण्डा बनाएर अंगाडी बढेको बताउनु भयो ।