विवेकशील नेपालीको मुख्य उद्देश्य भनेको भ्रष्टाचारको अन्त्य - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विवेकशील नेपालीको मुख्य उद्देश्य भनेको भ्रष्टाचारको अन्त्य



हिमाल पोष्ट /मङ्सिर २४ ,शुक्रवार। अन्तरास्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसमा बोल्दै  विवेकशील नेपाली रुपन्देहीका कार्यक्रम संयोजक सन्दिश भट्टराईले विवेकशील नेपाली को मुख्य उद्देश्य भनेको भ्रष्टाचारको अन्त्य  भएको बताए ।

15423756_1112283662224633_1795542815_n

भट्टराईले विवेकशील नेपाली को मुख्य उदेश्य भनेको भ्रष्टाचारको अन्त्य गर्दै शान्त र संबृद्ध नेपाल हाम्रै पालामा बनाउने भएकोले अबका दिनमा पनी भ्रष्टाचार विरुद्धमा अहम् भुमिका निभाउने बताए  ।

कार्यक्रममा संयोजक सन्दिश   भट्टराईले कविता र मनोज गिरिले गजल वाचन मार्फत विभिन्न क्षेत्रमा हुने गरेका भ्रष्टाचारहरुको व्यंग्य गर्दै भ्रष्टाचार अन्त्यको सुरुवात आफुबाट मात्रै संभव हुने बताए ।

उक्त कार्यक्रम संचालन  विष्णु रेग्मी गरेका  थियो।  उपस्थित अन्यले भ्रष्टाचार आची हो,समाजलाई गनाउछ ! भ्रष्टाचार देश विकासमा अत्याचार ! संकल्प म बाट भ्रष्टाचार अन्त्य आजै बाट जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।