विधान निष्क्रय बनाउन केहि शक्तिहरु सक्रिय परेको पुर्वराज्यमन्त्री कंडेलको आरोप - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विधान निष्क्रय बनाउन केहि शक्तिहरु सक्रिय परेको पुर्वराज्यमन्त्री कंडेलको आरोप



घनश्याम पौडेल ‘परिश्रमी’
अर्घाखाँची, ४ मंसिर
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व गृह राज्य मन्त्री देबेन्द्रराज कडेलले केहि शक्तिहरु संविधान निष्क्रय बनाउनका लागि संबिधान सम्सोधन गर्न नदिने चलखेलमा लागेको आरोप लगाउनु भएको छ ।

देशलाई अस्थिर बनाएर राख्न खोजेको आरोप लगाउँदै उहाँले मुलुकलाई अस्थिरताबाट बचाउनको लागि संबिधान संसोधन आवश्यक्ता रहेको बताए ।
नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ ले दुर्गाफाटमा गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै नेता कडेलले संविधान संशोधनका विषयमा एमालेलाई सहमतिमा ल्याउनका लागि कांग्रेस लागि परेको बताए ।
कांग्रेस केन्द्रिय सदस्य तथा महिला नेतृ पुष्पा भुसालले संविधान कार्यान्वयनका लागि काँगेस, एमाले र माओवादीबीच एकता र सहकार्य हुनै पर्ने बताईन ।

कांग्रेस नेता तथा पुर्व मन्त्री रेवती प्रसाद भुसालले २०७४ साल भित्र स्थानीय निकायको निर्वाचन हुने भएकाले निर्वाचनकोे तैयारीमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले पाटीको संगठन सुदृढीकरणकालागि आफुहरु लागि परेको बताउदै सबै सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो । पुर्व सभापति पिताम्बर शर्माले सबै नेता तथा कार्यक्रता मिलेर अगाडी बढ्नु पर्ने बताउनु भयो । पुर्ब जिल्ला सभापति कमल प्रसाद भुसालले पाटीलाई बलियो बनाउन सबै कार्यक्रताहरु र्एक जुट हुनु पर्ने बताउदै सबै क्षेत्रमा कांग्रेसमय बनाउन सबैलाई एक जुट हुन आग्रह गर्नु भयो ।
कार्यक्रममा पुर्व जिल्ला सभापतिहरु ढुण्डिराज शास्त्री, खगेन्द्रराज पोख्रेल, स्वर्गिय अनुप कुमार सोल्टी पिताम्बर शर्मा, कमल प्रसाद भुसाल र पुर्ब क्षेत्रीय सभापति रमेश खनाल, बासुदेब आचार्य, मणिराम पौडेल लगायतलाई दोसल्ला ओढाएर र सम्मान पत्रले सम्मान गरिएको क्षेत्रीय सभापति अच्युत गौतमले बताउनुभयो ।

कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, सचिब छबिलाल पौडेल, बिष्णु भुसाल, महासमिति सदस्य बासुदेब आचार्य, सुर्य अधिकारी, यादब प्रसाद घिमिरे, क्षेत्र नम्वर १ का सभापती केशब कुवर, महाधिबेसन प्रतिनिधिहरु लोकेन्द्र बिक, कृष्ण प्रसाद खनाल, जय बहादुर टण्डन लगायतले मन्तब्य राख्नु भएको थियो ।

त्यसै गरि जिल्ला सदस्य राम प्रसाद घिमिरे, माधब प्रसाद पौडेल, नेताहरु श्यामनाथ कास्यप, रमेश खनाल, कृष्ण प्रसाद शर्मा, देलत संघका सभापति मणिराम परियार, जनसम्पर्क समिति भारतका केशब भुसाल, निजामती कर्मचारी युनियनका नारायण पोख्रेल, नेबिसंघ सभापति युबराज पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम क्षेत्रीय सभापति अच्युत गौतमको अध्यक्षता, सचिब कृष्णलाल पुरीको सञ्चालन र सदस्य पुस्कर पोख्रेलको स्वागतमा सम्पन्न भएको थियो ।