बिदेश स्थित जनसम्पर्क समितिका सभापतिहरूको भुमिका के त ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बिदेश स्थित जनसम्पर्क समितिका सभापतिहरूको भुमिका के त ?



योगेन्द्र गौतम

नेपाली जनसम्पर्क समितिका सभापतिहरु जय नेपालको न्यानो अभिबादन !
सभापति महोदयहरुलाई आज मैले यो निबेदन गर्दछु की ७ दशक लामो शंघर्ष कयौ सहिदहरुको रगतको मूल्य, बलिदान, अग्रजहरुको त्याग तपस्या, जेल नेल को कष्टकर जीवनको उपलब्धिको परिणाम प्राप्त जननिर्वाचित प्रतिनिधिहरु द्वारा लेखित नेपालीको संबिधान २०७२ नेपाली कांग्रेसका तत्कालिन पार्टी सभापति आदरणीय शुशिल कोईरालाको नेतृत्वको सरकारले निर्माण गरी घोषणा गरेको पनि एक बर्ष पुरा भैसकेकोछ। आज सम्म पनि नेपालको संबिधान २०७२ लाई कार्यान्वयनको पक्ष अझै सम्म पनि सक्रिय भएर नआउनु सम्पूर्ण नेपालीहरुले जन निर्वाचित संबिधान सभाबाट प्राप्त उपलब्ध भएका नेपाली जनताका हक अधिकारहरु हल्ला हल्लामै गुम्ने त होईन भन्ने धेरै ठुलो चिन्ताको बिषय बनेकोछ।

२०७२ साल बैशाख १२ गते सनिबार १२ बजे आएको विनासकारी महाभुकम्पले नेपालको अन्तर भूभाग देखि हल्लाएर जन धनको धेरै ठुलो नोक्सानी नेपाली जनताले बेहोर्नु परेको घाउ नमेटीदै गर्दा हाम्रो दक्षिणी छिमेकी मुलुक भारतले लगाएको अघोषित नाका बन्दीले नेपाली जनताको जीवन अस्तबेस्ट र अति दुखित सास्ती तथा कष्टकर ६ महिने लामो खुला आकास मुनि बन्दि पूर्ण जीवन नेपाली जनताले बिताउन बाध्य पारियो। नेपालको अर्थतन्त्र बिपरित दिशामा नकारात्मक कक्षमा चल्दा मुलुकको अर्थ व्यवस्था धरासायी भईसकेकोछ।

नेताहरुले विभिन्न समयमा दिएका ललिपपले खुला आकास मुनि बस्न बाध्य बनाईएका भुकम्प पिडितको लागी न त चाडपर्व नै आउछन न नत हिउद वर्षा नै शुखले जाने गर्दछ। टहराको जीवनमा डेड बर्ष बित्दा पनि सरकारले हल्ला हल्लै मात्र गर्ने न त निपक्ष्य तबरले राहत वितरण नै गर्न सकेकोछ नत पुनःनिर्माण गरी बास दिन सकेकोछ। आदरणीय शुसिल कोईरालाको सरकार पछि बनेका दुवै सरकारहरुको हलचल सिंहदरबारबाट बाहिर आउन सकेकोछैन। नेपाली जनातालाई सरकारको अनुभूति अझै सम्म भएकोछैन। महंगी,कालो बजारी, अपराधिकरणको संख्या अझै धेरै बढ्दैछ। साठ गाठमा भ्रष्टाचारिको संरक्षण भैरहेकोछ। संसद र सरकार रमिता टुलु टुलु हेरेर बसिरहेकोछन।
हल्लै हल्लाको टुक्के ओली सरकारले सिर्जना गरेका नेपाली नेपालीहरुको बिचको असैष्हणुता, असन्तुस्ट मदेशी, जनजाती,मुश्लिम र अरु बिबिध साना दल वा समूहहरुको मागलाई संबिधान संसोधन गरि संविधानलाई सर्वपरी बनाउने बाचामा निर्माण भएको प्रचण्ड नेतृत्वको सरकारले आज सम्म कुनै राम्रो कामको सुरु सम्म गर्न सकेकोछैन। ओली सरकारको पालामा भताभुङ्ग भएको नेपालको छिमेकीसितको सम्बन्ध दुवै मुलुकसित अझै भ्रम र बिश्वास बिहिन अबस्थामा रहेको अनेक प्रमाणहरुले प्रमाणित गरी सकेकाछन।

ओली सरकारको बिधाइको क्रममा रहेको समयमा असंबैधानिक तरिकाले प्रक्रिया पुरा नगरी कयौ राजनीतिक नियुक्ति गरेको थियो। बिदेशमा रहेका पार्टीका कार्यक्रताहरुलाई बाणिज्य दुत तथा पर्यटन दुत नियुक्त गरिएकोछ। पर्यटन दूतमा नियुक्त भएका धेरै व्यक्तिहरु न त सम्बन्धित देशको भाषा राम्रो संग लेख्न र पढन नै जानेक छन । नेपालीहरुमा सम्बन्धित देशको भाषाको ज्ञान सम्म नभएका व्यक्तिछन भन्ने विभिन्न स्रोतबाट खुल्न आईरहेकोछ। पर्यटन दुतहरुले नत आज सम्म एउटा अफिस नै राख्न सकेकाछन। बिदेशी पर्यटनहरुले विश्वास नै गर्न नसक्ने व्यक्तिहरुलाई पर्यटन दुत नियुक्त गरी सरकारको लोबो र झण्डा प्रयोग गरि मानव तस्करीमा लिप्त रहेको खुलासा हुदै आइरहेकोछ। तर पनि नेपाल सरकार र नेपाल पर्यटन बोर्ड कमिसनमा डुबेकोले आज सम्म मौनछ बोलेकोछैन। नेपाली कांगेसको सरकारले नियुक्त गरेको भारतको राजदुत फिर्ता बोलाउने ओली सरकारले नियुक्ति गरेका मानव तस्कर पर्यटन दुत र राजदुतलाई तुरुन्त खारेज गर्ने माग गर्दछु।

यहाँ सम्म आउदा मलाई नेपाली जनसम्पर्क समितिका सभापति ज्युहरुसित म जस्ता कांग्रेसको कार्यक्रताको मनमा धेरै प्रश्नहरु उब्जिएकाछन। बिश्व भरी छरिएर रहेका नेपाली कांग्रेसका कार्यक्रताहरु को संजाल नेपाली जनसम्पर्क समितिहरुले नेपाली कांग्रेसको सरकार भएको समयमा पुर्व सरकारले गरेका असंविधानिक कार्यहरुको भण्डाफोर गर्दै ओली सरकारले गरेका बिकृति र विसंगतिहरु सुधार गर्न नेपाली कांग्रेसको संयुक्त सरकारलाई नैतिक दबाब दिनु पर्नेमा उल्टै सुतेर बस्ने समय अहिले होईन। मेरो हार्दिक अनुरोध के भन्दा हामी सबैको पहलमा नेपाल सरकार वा माउ पार्टी नेपाली कांग्रेसलाई दबाब दिन सुरु गरौ अब ढिला नगरौ सरकार गठन भएको पनि अब करिब २ महिना हुन लागिसक्यो। हाम्रो माग र सुझाब सल्लाह केके छन योजना बद्ध तरिकाले अगाडीबढौ।

भोलिका दिनहरुमा नेपाली कांग्रेसको सरकार नहुदा आउन सक्ने समस्याहरुलाई अहिलेनै सदन देखि सरकार सम्म नेपाली जनसम्पर्क समितिहरुको राजनैतिक दबाब मुलक कार्यक्रम नेपाली जनसम्पर्क समितिका सभापतिहरुबाट पहल होस भन्ने बिदेशीयका सम्पूर्ण नेपालीहरुको चाहना र माग पनिछ। नेपाली जनसम्पर्क समिति १९७६ गठन गर्दा बम्बईमा बीपीले भन्नु भएको थियो। नेपालमा आउने सबै संकटको लागि स्वदेश तथा बिदेशमा रहने सबै नेपाली जनता बराबर जिम्मेवारीछौ। देश रहे हामी रहन सक्छौ। हामी रहे बल्ल पार्टीमा संगठित हुनसक्दछौ। नेता, पार्टी र पद भन्दा माथि रहेर देशको लागी लडौ तब मात्र बीपीका सपना पुरा गर्न हामीले सक्दछौ।

बिदेशमा कार्यरत नेपाली जनसम्पर्क समितिहरु आपसमा लड्ने, गुट उपगुटमा बिभाजन हुने यो दाई र यो दिदी भन्दै गफ हाक्दै खाता लागाउन दगुर्नेहरुले, जिन्दगि भर नेताहरुको चाकडी गरी आफ्नो व्यक्तिगत स्वार्थ त पुरा होला तर बीपीले जुन सोच बिचारले गठन गर्नुभएको यसरी नेपाली जनसम्पर्क समितिको महत्व र जिम्मेवारी पुरा हुनसक्नेछैन। विदेश भ्रमणमा रहेका नेताहरुको स्वगत गर्ने, घुमफिर मात्र गराउने र फेस बुकमा नेताहरुसित संगै खिचेका तस्बिर सजाएर राख्ने काम मात्र होईन नेपाली जनसम्पर्क समितिको सरकार र माउ पार्टी नेपाली कांग्रेसलाई सल्लाह र सुझाब दिएर सहयोग गर्नु मुख्य जिम्मेवारी पनि हो जिम्मेवारीबाट बाहिर चाकडी बाद र गुटबन्दीमा फसेको अबस्थामा नेपाली जनसम्पर्क समितिको कुनै औचित्त नै हुने छैन ।