चीनलाई टार्गेट गर्दै बाइडेनले भने: आगामी घटनाक्रम निकै रोचन हुनेछन् - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

चीनलाई टार्गेट गर्दै बाइडेनले भने: आगामी घटनाक्रम निकै रोचन हुनेछन्



काठमाडौं- अमेरिकाका राष्ट्रपति जो बाइडेनले चीनप्रति आक्रोश पोखेका छन्। उनले आगामी घटनाक्रम निकै रोचन बन्ने भन्दै चीनले तालिवानसँग सम्झौता गर्न लागेको बताएका छन् ।

अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको तीन हप्तापछि तालिबानले शुक्रबार साँझ आफ्नो सरकार घोषणा गरेपछि बाइडेनले यस्तो बताएका हुन् ।

सरकार घोषणा गरेको केही घण्टापछि नै अमेरिकाका राष्ट्रपति बाइडेनले चीनप्रति आक्रोश पोखेका हुन् ।

उनले भनेका छन्, ‘तालिबानसँग चीनको वास्तविक समस्या छ, यसकारण उसले तालिबानसँग सम्झौता गर्ने कोसिस गर्नेछ, यो कुरा हामीले राम्रोसँग बुझेका छौं। पाकिस्तान, रुस र इरानले पनि यस्तै गरेका छन् र यी सबै देश अब अगाडि के गर्ने भनेर जुटेका छन्। आगामी घटनाक्रम निकै रोचक हुनेछन्।’’