बाइडेनले लगाए हुवावे लगायतका ५९ वटा चिनियाँ कम्पनीमाथि प्रतिबन्ध - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बाइडेनले लगाए हुवावे लगायतका ५९ वटा चिनियाँ कम्पनीमाथि प्रतिबन्ध



न्यूयोर्क- अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ सेनासँग सम्बन्ध रहेको आशंका गरिएका ५९ वटा चिनियाँ कम्पनीसँग व्यापार तथा खरिद गर्न अमेरिकी नागरिकलाई रोक लगाएको घोषणा गरेका छन् ।

पूर्व राह्त्रपति डोनाल्ड ट्रम्पले झन्डै एकदर्जन चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्धलाई पनि उनले निरन्तरता दिएका छन् । सीएनएनका अनुसार ति कम्पनीहरूसंग चिनियाँ सेनाको सम्बन्ध रहेको आशंका गरिएको छ ।

बाइडेनले प्रतिबन्ध लगाएका अधिकांश चिनियाँ कम्पनीहरु प्रविधि र व्यापारसँग सम्बन्धित रहेका छन् । बिहीबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै राष्ट्रपति बाइडेनले ५९ वटा चिनियाँ कम्पनीसँग व्यापार तथा खरिद गर्न अमेरिकी नागरिकलाई रोक लगाएको घोषणा गरेका छन् ।

बाइडेनको यो कार्यकारी आदेश अगस्ट २ देखि लागु हुने जनाइएको छ । ती कम्पनीसँग कारोवार गर्दा सम्भावित जोखिम हुनसक्ने ह्वाइट हाउसको ठम्याइ छ ।

प्रतिबन्ध लगाइएकामा चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावे र हिकभिजन समेत रहेका छन् । चाइना मोबाइल, चाइना टेलिकम्युनिकेसन्स र चाइना युनिकम पनि प्रतिबन्धको सूचीमा छन् ।