विदेशमा ज्यान गुमाउनेहरुलाई शहिद घोषणाको माग - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

विदेशमा ज्यान गुमाउनेहरुलाई शहिद घोषणाको माग



हरिप्रसाद भुसाल / कार्तिक १९, अर्घाखाँची
वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका नेपालीहरुलाई पनि शहिद घोषणा गर्न माग गरिएको छ ।
देशको अर्थतन्त्रलाई माथी उठाउनका लागि ज्यानको पर्वाह नगरी विदेशीएका नेपालीहरु विभिन्न समयमा असामयिक ज्यान जानु निकै दुखद रहेको भन्दै अन्तराष्टिय अर्घाखाँची स्मपर्क मञ्च अर्घाखाँचीले मृतकलाई शहिद घोषणाको माग गरेको हो ।
नेपालको अर्थतन्त्र धान्नको लागि दैनिक १ हजार ५ सय देखी १ हजार ७ सय रोजगारीका लागि विदेशिने गरेको र जसमध्ये धेरैजसो चाहेर पनि देशमा परिश्रम गर्ने बातावरण नहुँदा विदेशीने गरेको अवस्थामा मञ्चले शहिद घोषणा माग गरेको हो ।
मञ्चका अध्इक्ष राजु खड्काले प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
ज्यान गुमाएकाहरुलाई शहिद घोषणाको माग गरेका खड्काले शारिरीक रुपमा एकदमै अशक्त भएर आउनेहरुलाई निशुलक स्वास्थ्योपचारको लागि समेत माग गरेका छन् ।