विदेशमा मृत्यु भएमा सात लाख पाइने । - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

विदेशमा मृत्यु भएमा सात लाख पाइने ।



 

काठमाडौं, १७ साउन।

सरकारले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारको क्षतिपूर्ति रकम दोब्बरभन्दा बढीले वृद्धि गरेको छ । यसअघि विदेशमा मृत्यु भएका कामदारको परिवारले ३ लाख रुपैयाँ पाउँदै आएकोमा सो सहयोग रकममा ४ लाख थप गरेर ७ लाख रुपैयाँ पुर्याइएको छ ।

सरकारले वैदेशिक रोजगार नियमावली तेस्रोपटक संशोधन गरेर विगतमा मृतकका परिवारले पाउँदै आएको अधिकतम ३ लाख रुपैयाँबाट ७ लाख पुर्याएको हो ।

आजको कारोबार दैनिकका अनुसार संशेधित नयाँ नियम आइतबारबाट लागू गरिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले लामो समयको प्रयासपछि कामदारले पाउँदै आएको क्षतिपूर्ति रकम बढाइएको बताए ।