ह्वात्तै बढे रोजगारीका लागि नेपाल आउने विदेशी, कति आए? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ह्वात्तै बढे रोजगारीका लागि नेपाल आउने विदेशी, कति आए?



काठमाडौं- नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गएको छ।

श्रम ऐनमा ५ प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो।

गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष रोजगारीका लागि नेपाल आउने विदशीको संख्या १४ प्रतिशतका दरले बढेर १ हजार ४८३ पुगेको छ। यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

अघिल्लो वर्षको तथ्यांकअनुसार वैशाखदेखि असोजसम्म नेपाल आउने विदेशी कामदारको संख्या भने १ हजार ३०५ थियो।