चर्चामा आएका बिधार्थी नेतानै भर्ना छैनन कलेजमा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चर्चामा आएका बिधार्थी नेतानै भर्ना छैनन कलेजमा



तिलक सुबेदी / बुटवल  ।   रुपन्देहीको बुटवल देवीनगरमा रहेको लुम्बिनी वाणीज्य क्याम्पसमा चर्चामा आएका बिधार्थी नेतानै भर्ना नभएको स्रोतले बताएको छ ।

जुन विधार्थीको माझ निक्कै नजिक छन् उनै नेता भर्नानहुनु बिधार्थीहरुलाई चिन्त्ताको बिषय बनेको छ ।   विधार्थीको माझ निक्कै नजिक, सभापतिको ताबेदार मानिने अनेरास्ववियुका प्रकाश  पराजुली कलेजमा भर्ना छैनन ।

बिधार्थी स्रोतका अनुसार  उनि मात्र होइन अनेरास्ववियुकै आर्का नेता हुन् सरोज पोखरेल उनि पनि  सभापतिकै ताबेदार हुन् तर भर्ना छैन  ।नेविसंघ बाट सभापतिको दाबेदार गरिरहेका बिधार्थी नेता टंक पाण्डे पनि कलेजमा भर्ना छैन  ।

उनि पनि बिधार्थी संग निक्कै नजिक रहेका छन्   । स्रोतका अनुसार केहि बिधार्थी नेता भर्ना खुलाउन लागे पनि अनेरास्ववियु र नेविसंघकै अरु नेता भर्ना नखुलाउने पक्षमा छन् ।  एक बिधार्थिले भने –“जति बिधार्थी संग नजिक भएता पनि उहाँहरु नियमित बिधार्थी नभएको र नियमित जति सबै कलेजमा भर्ना रहेको बताए  ।

अब नया पुस्तालाई जिम्मेवारी दिलाई दाजुहरूलाई सम्मान जनक बिधाई गर्नुपर्ने उनको भनाइ थियो । लुम्बिनी वाणीज्य क्याम्पसमा करिब तिन हजार बिधार्थीहरुले आध्यन गरिरहेका छन् ।

स्ववियु निर्वाचन नजिकदै गर्दा बिधार्थीहरुमा रौनकता बढेको छ । त्रिभुवन विश्व विधालयले आगामी स्ववियु निर्वाचन फागुन १४ गते हुने गरी सूचनासंगै  रौनकता बढेको हो  । सुचानामा उमेर हक तोक्नु र भर्ना रोक्नु बिधार्थीको हक विपरीत भएको बिधार्थी नेताको भनाइ छ । केहि बिधार्थी सङ्गठनले “त्रिविले स्ववियु निर्वाचन नचाएको” भन्दै बिरोध गरिरहेका छन्  ।