विद्यासुन्दर शाक्यका १०० दिन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

विद्यासुन्दर शाक्यका १०० दिन



पि.एम महतारा

काठमान्डौ जब स्थानीयतह चुनाबको घोषणा भयो प्राय जनतालाई आ-आफ्नो क्षेत्र भन्दा काठमान्डौ महानगरले ध्यान खिच्यो ।उमेद्वारको घोषणा पनि उत्तिकै रोचक ढंगले हेरियो । उतिकै ससक्त उमेद्दवार,उत्कृष्ट कार्य योजना,ससक्त घोषणा पत्र, जुझारू भाषण मन नै फुरूङ्ग हुन्थ्यो ।

देशकै केन्द्र बनाईयको काठमान्डौको क्षणिक बसाई सहज होला भन्ने आशा सबको मनमा थियो। काठमांडू महानगर मेयरपद विद्दासुन्दर शाक्यको पोल्टामा पर्यो। उहाका भाषण,कार्ययोजना कम्तिका थियनन अझ उहाको १०० दिनमा नमुना शहर बनाउने उदघोषलाई चासो एवं उत्साहका साथ हेरिएको थियो। न्युनतम मापदण्ड पूरा नगरेको शहर नमुना बनाउन पक्कै उत्कृष्ट कार्ययोजना छ भन्ने आशा गरियको थियो।

महानगर भित्र धुलो-धूवा,खाल्डा खुल्डी,अलपत्र झून्डिका तार,फोहोर व्यवस्थापन,अव्यवस्थि­­त ट्राफिक समस्या,लाखौ मूल्यका ट्राफिक लाईटको प्रोयोग हुन नसक्नु मुख्य समस्या थिए। तर यि समस्या १०० दिन भित्र पुरा गर्ने घोषणा शाक्यले गरेका थिए..आज शाक्यले पदभार समालेको १०० दिन पुगिसक्दा यि समस्या घट्नूको सट्टा अझै बढ्दै छन।विद्या जी हामिलाई मनोरेल,स्मार्ट सिटी तत्काल चाहिदैन। तत्काल यि मुख्य समस्या तर्फ ध्यानआकर्षण गरौ..तपाईले नगर सभामा घोषणा गरेका ‘नो माक्स सिटी’,’ग्रीन एन्ड क्लिन काठमान्डौ’,अत्याधुनि­­क सार्वजनिक सौचालय निर्माण’, ‘मेलम्चि पाईपले बनाएका खाल्डा पुर्ने’ तर्फ लागौ।

बिलासीताका गाडी,जनप्रतिनिधिलाई मोवाईल बितरण गर्ने जस्ता तपाईका निर्णयको आलोचनाले स्पष्ट पार्छ जनप्रतिनिधि बिकासका लागि पठाईएका हुन ।अनावश्यक बिलासीताका लागि होईन! विद्यासुन्दर शाक्य ज्यू जनता सेरेमोनियल मेयर चाहिरहेका छैनन । हजारौ जनताले तपाईलाई जितायर पठाएका छन ।आफूलाई प्रमाणित गर्ने बेला आयको छ । घर घरमा सिहंदरबारको नारा पुरा गर्ने दिन आयको छ। धुलो रहित सफा सडक, बिना जामको यात्रा,झन्झट मुक्त कार्यलय हेर्ने,मोनोरेल चढेर काठमाण्डौ स्मार्ट सीटी घुम्ने सपना तपाईकै कार्यकालमा पुरा हुनेछ भन्ने आशा छ।