मोतिपुरका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मोतिपुरका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण



बुटवल, भदौं । विद्यार्थी अधिकार मञ्च रुपन्देहीले बिहीबार जनशक्ति नमूना गोमता भीमप्रसाद न्यौपाने प्रावि बुटवल–१२ मोतिपुरका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

मञ्चले विद्यार्थी सहयोग सप्ताह अन्तर्गत पहिलो दिन उक्त विद्यालयका विद्यार्थीलाई सहयोग गरेको हो । मञ्चका अध्यक्ष राजु विकेको अध्यक्षता, अन्टार्टिकामा पहिलो पटक पुगेका नेपाली भुवनसिंह विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

सो अवसरमा एक थान कम्प्युट, बीस वटा झोला, ३५ प्याकेट पेन्सिल र १३ प्याकेट सापनर वितरण गरिएको मञ्चका सचिव सुवास लामिछानेले जानकारी दिए।

14247896_1277481742276775_1831011968_o